घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
टेक्सासको (ड्यालस) युलेशमा मँगलबारदेखि जारी श्रीमद भागवत ज्ञान महायज्ञ (नवाह) मा नेपालीहरु दैनिक उत्साहजनक सहभागिता जनाई रहेका छन । अधिकाँश नेपालीहरु कममा व्यस्त रहने भएकाले आफ्नो समय व्यवस्थापन गरेर महायज्ञको निर्धारित बिभिन्न कार्यक्रममा सहभागि भईरहेको नेपाली समाज टेक्सासका प्रबक्ता किरण पौड्यालले बताउनु भयो ।
महायज्ञमा सहभागि हुने नेपालीहरुको नाम दर्ता गरि दैनिक रेकर्ड अद्याबधिक गर्ने गरिएको छ । कतिपय नेपाली समुदायहरु नाम दर्ता नगरि पनि महायज्ञका कार्यक्रममा सहभागि हुने गरेको पाईएकाले दर्ता गरिएका र नगरिएको सँख्या हेर्दा दैनिक ८ सय बढी सहभागि भईरहेको आयोजकले दावी गरेका छन ।
अधिकाँश नेपालीहरु सोमबार देखि शुक्रबारसम्म काम गर्ने र अन्य बिदा बस्ने भएकाले शनिबार र आईतबार नेपाली समुदायको सँख्या बढ्ने आयोजकहरुले अनुमान गरेका छन । भक्तजनहरुको चापलाई हेरेर महायज्ञ परिसरका अतिरिक्त २ माईल टाढा बेडफोर्डको ज्ञछण्ज्ञ ऋभलतचब िम्चष्खभ द्यभमायचम ठटण्द्दद्द मा रहेको पेनिङ्गटन फिल्डमा पार्किङ्ग को व्यवस्था मिलाईएको छ । पेनिङ्गटन फिल्डमा बाट भक्तजनहरुको चाप हेरेर हरेक १५ मिनेटमा निःशुल्क सटल बस सेवाको व्यवस्था गरिएको प्रबक्ता पौड्यालले जानकारी दिनु भयो ।
महायज्ञमा सहभागि हुँदा रिमोट पार्किङ र सटल बस सम्बन्धि कुनै जानकारी आबश्यक भएमा बलराम पौडेलको मोवाईल नम्बर : 817-448-1783, मन्दिर पार्किङ तथा आउट साईड व्यवस्थापन सम्बन्धि जानकारीको लागि बिजय भुसालको मोवाईल नम्बर ः 832-480-8069, रजिष्ट्रेशन तथा चेकईन सम्बन्धि जानकारी आबश्यक भएमा बासु श्रेष्ठको मोवाईल नम्बर : 214-718-8746, कर्ता तथा कलश सम्बन्धि जानकारी आबश्यक भएमा सुरेश पोखरेलको मोवाईल नम्बर ः 817-703-4228, स्वयँसेवक सम्बन्धि जानकारी आबश्यक भएमा जुविन राज भण्डारीको मोवाईल नम्बर ः 817-609-0893 मा सम्पर्क गर्न आयोजकले भक्तजनहरुलाई अनुरोध गरेका छन ।
महायज्ञ मूल तयारी समितिले हरेक दिन बिहान ८ः३० देखि बेलुकी ८ बजे सम्मको दैनिक कार्यतालिका सार्बजनिक गर्दै आएको छ । शुक्रबारको दैनिक कार्य तालिका निम्न अनुसार रहेको छ ।
8:30 AM | मंदिर मंडप – नित्य पूजा / पितृ संकल्प |
9:30 AM | पूजाको आरती |
9:30 AM- 12:00 PM | पाठ पारायण र हवन |
12:00 PM | मध्यान्ह आरती |
12:00 PM – 1:30 PM | मध्यान्ह विश्राम /महाप्रसाद |
2:00 – 7:00 PM | प्रवचन / पाठ पारायण (दिवा सत्र) |
7:30 PM | सन्ध्या आरती |
8:00 PM | कार्यक्रम समापन |