मेरिल्याण्डको बालटिमोरमा “बिसु पर्ब” धुमधामसँग मनाईयो

All time tax

घण्टेश्वर अनलाईन
मेरिल्याण्ड, अमेरिका
अमेरिकाको मेरिल्याण्डमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुले आईतबार एकै स्थानमा जम्मा भएर बिसु पर्ब (नयाँ बर्ष) मनाएका छन । मेरिल्याण्डको बालटिमोर स्थित GunPowder  Falls State Park मा जम्मा भएर सुदूरपश्चिमेलीहरुले संगै बसेर डेउडा खेल्नुका साथै छलिया, हुड्केली तथा पुतला नाच प्रस्तुत गरेका थिए ।
बिसु कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल सरकारका अबैतनिक महावाणिज्य दूत प्रेमराज महतले प्रवासमा नेपालीहरु जहाँ रहेपनि नेपाली भाषा, सँस्कृतिको सँरक्षण तथा पुस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका भिम बिकको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै समाजका अध्यक्ष दमनबिक्रम शाहले समाजले हरेक बर्ष सुदूरपश्चिमको प्रमुख साँस्कृतिक चाड पर्बहरु सामुहिक रुपमा मनाएर सुदूरपश्चिमको भाषा, सँस्कृतिको सँरक्षण तथा पुस्तान्तरण गर्ने काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले पनि सुदूरपश्चिमेलीहरुलाई बिसु पर्ब तथा नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बिसु पर्बका जानकार बैतडी जिल्लाका तीर्थ पाण्डेले बिसु र सुदूरपश्चिम क्षेत्रमा यसको महत्वको वारेका जानकारी गराउनु भएको थियो ।
यसै गरि सुदूरपश्चिमका चर्चित कलाकारहरु चाँदनी मल्लले बिभिन्न डेउडा गीत तथा कलाकार शँकरसिंह बिष्टले छलिया तथा हुड्केली नृत्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा सुदूर पश्चिमको चर्चित पुतला नाच पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा मेरिल्याण्डमा रहेका नेपाली समुदायका बिभिन्न सँस्थाहरु, नेपाली समुदायका अगुवाहरुको समेत सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.