“नेजा” स्थापना दिवसको अवसरमा तेत्तिस रक्तदाताद्वारा रक्तदान

All time tax

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को स्थापना दिवसको अवसरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ जना रक्तदाताले रक्तदान गरेका छन । उक्त रक्तदान कार्यक्रम (ब्लड ड्राईभ) मा ३९ जना रक्तदाताले नाम दर्ता गराउनु भएकोमा रक्तदानको लागि योग्य ३३ जना रक्तदाताले मात्रै रक्तदान गरेका थिए । टेक्ससको युलेस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य र कार्टर ब्लड केयर सेन्टरको प्राविधिक व्यवस्थापनमा आयोजना गरिएको थियो ।
रक्तदान कार्यक्रमको अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टी अध्यक्ष रमेश पोखरेल, ब्लड डोनर्स अफ अमेरिका टेक्ससका अध्यक्ष अजय बगालेले नेजालाई शुभ कामना दिनु भएको थियो । यसै गरि उक्त कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले रक्तदान कार्यक्रममा सहभागि तथा सहयोग गर्ने बिभिन्न व्यक्ति तथा सँस्थाहरुलाई धन्यवाद दिनु भएको थियो ।
नेजाको स्थापना दिवसको अवसरमा आईतबार विहान युलेशमा पत्रकारहरुका बीचमा चियापान कार्यक्रम तथा जूम अनलाईन मार्फत शुभकामना आदान प्रदान तथा अन्तरकृया कार्यक्रम, सोमबार बिहान र टेक्ससको अर्भिङमा रहेको जेफरसन पार्कमा वृक्षरोपण कार्यक्रम गरिने नेजाले जनाएको छ ।

     

Leave A Reply

Your email address will not be published.