“ग्यान्स” अस्टिनको नयाँ नेतृत्व सर्वसम्मत चयन, २८ अप्रिलमा अधिबेशन हुने

घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
टेक्सासको राजधानी अस्टिन स्थित नेपाली समुदायको सँस्था ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) को आगामी नयाँ नेतृत्व(२०२४–२०२६) सर्वसम्मत रुपमा चयन भएको छ । ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) का अध्यक्ष भोजराज भट्ट सहित नेपाली समुदायमा अगुवाहरुले गरेको लामो प्रयासपछि आईतबार नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । यस अघि निर्बाचन कार्यक्रम अनुसार अध्यक्ष र कोषाध्यक्ष पद निर्बिरोध भएपनि अन्य पदमा उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता नलिएपछि निर्बाचन हुने अवस्था आएको थियो ।
ग्यान्सको नयाँ नेतृत्वको लागि सर्वसम्मत चयन भएका पदाधिकारीहरुमा अध्यक्षमा विदुर खतिवडा, उपाध्यक्ष निरोज मानन्धर र अशोक शाही, महासचिव विनोद दाहाल, सचिब प्रदिप चौलागाई र कोषाध्यक्ष धिरेन्द्र यादव रहेका छन ।
यसैगरि सदस्यहरुमा क्रमस ः आनन्द यादव, विर्खबहादुर खत्री, धर्मेन्द्र यादव, रेशम बहादुर गुरुङ, सुर्य कार्की, सपना रावत, सुजन श्री पोख्रेल, सुरज अधिकारी, इन्दिरा दाहाल, नारायण रिजाल, रमेश खड्का, तिलक भण्डारी, मिथिलेश यादव, टिकामाया गुरुङ, जगदिश् पाठक सर्वसम्मत चयन हुनु भएको निर्बाचन समितिले जनाएको छ ।
ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) का नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएपछि अस्टिनबासी नेपाली समुदायले खुशी व्यक्त गरेका छन । ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) का अध्यक्ष भोजराज भट्टले सामाजिक सन्जाल मार्फत ग्यान्सको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्ने अस्टिनबासी नेपाली समुदायलाई धन्यबाद दिएका छन ।
ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) को नेतृत्व सर्वसम्मत चयन हुनुले प्रवासमा रहेका नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह भएको छ । अस्टिनबासी नेपाली समुदायको एकता र समझदारीलाई जोगाई राख्न नयाँ नेतृत्वले ध्यान दिनु पर्ने अध्यक्ष भट्टले जोड दिएका छन । प्रवासी नेपालीहरु एकताबद्ध भएमा नेपाली समुदायको पक्षमा काम गर्न सकिन्छ, अध्यक्ष भट्टले सामाजिक सन्जाल मार्फत भनेका छन ।
ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) को पाँचौ अधिबेशन यही अप्रिल महिनाको २८ तारेखमा ग्यान्सको सामुदायिक भवनमा आयोजना हुने भएको छ । अधिबेशनमा नयाँ नेतृत्वको सपथ ग्रहण, पद हस्तान्तरण तथा आर्थिक प्रगति प्रतिबेदन माथी छलफल गरिने ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) ले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.