घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
प्रवासी नेपाली मन्च, अमेरिका टेक्सास राज्य कमिटीको अधिबेशनको यही अप्रिल २७ गते शनिबारका दिन युलेश स्थित गोर्खा रेष्टुरेन्टमा हुने भएको छ । प्रवासी नेपाली मन्च, अमेरिका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाद्वारा उद्घाटन हुने उक्त अधिबेशनको तयारी अन्तिम चरणमा रहेको आयोजक कमिटीका सँयोजक राजु नेपालले बताउनु भयो ।
अधिबेशनमा प्रवासी नेपाली मन्चसँग आबद्ध २ सय बढी प्रतिनिधि सहभागि हुने छन । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने मन्चले जनाएको छ । आईतबार सम्पन्न राज्य अधिबेशन आयोजक कमिटीको बैठकले तयारीका बिषयमा समिक्षा गरेको मन्चले जनाएको छ । प्रवासी नेपाली मन्च टेक्सास ५०१ सि अन्तरगत दर्ता भएको गैर नाफामूलक सामाजिक सँस्था हो ।