एनएसटी पूर्ब महासचिब उप्रेतीलाई पितृ शोक

घण्टेश्वर अनलाईन

ड्यालस, टेक्सास
नेपाली समाज टेक्सासका पूर्ब महासचिब सन्देश उप्रेतीलाई पितृ शोक परेको छ । पूर्ब महासचिब सन्देश उप्रेतीका बुवा लयप्रसाद उप्रेतीको ५९ बर्षको उमेरमा बुधबार झापा जिल्ला स्थित घरमा निधन भएको हो ।
लामो समय देखि क्यान्सर रोगसँग लडिरहेका उप्रेती नेपालमै उपचार गराई रहनु भएको थियो ।

उहाँको लामो समय देखि राजनीति तथा सामाजिक क्षेत्रमा सकृय हुनु हुन्थ्यो । उहाँको असामयिक निधन प्रति नेपाली समाज टेक्सास, नेपाल अमेरिका पत्रकार संघ(नेजा) , गैरआवासीय नेपाली संघ टेक्सस, एचडिएनपी ईन्टरनेशनल लगायतका बिभिन्न संघ संस्थाहरुले सामाजिक सन्जाल मार्फत दुःख व्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.