प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीमा नयाँ नेतृत्व चयन

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
प्रवासी नेपाली मन्च अमेरिका टेक्सास राज्य अधिबेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार ड्यालसमा सम्पन्न भएको छ । मन्चको राज्य अधिबेशनबाट राजु नेपालको अध्यक्षतामा १३ सदस्यीय राज्य कमिटी चयन गरिएको मन्चले जनाएको छ ।
राज्य कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मधुसुदन ज्ञवाली र लक्ष्मण थापा, सचिबमा मनिष थापा, सह सचिवमा साधना पन्त रहनु भएको छ । यसै गरि सदस्यहरुमा क्रमस ः भिषण अधिकारी, घनश्याम पोखरेल, रचना प्याकुरेल, बिशाल मरासिनी, गगनदिप जि.सी, अर्जुन त्रिपाठी, बिक्रम पाण्डे, बाबुराम काफ्ले र रामप्रसाद अधिकारी रहेको निर्बाचन समितिका प्रमुख गोकर्ण दाहालले जानकारी दिनु भयो ।
नव निर्बाचित पदाधिकारीहरुलाई प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । उक्त अवसरमा प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका ईन्चार्ज प्रभु थापा, प्रवासी नेपाली मन्च अमेरिका क्षेत्रीय सँयोजक ईश्वरी भट्ट, प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटीका उपाध्यक्ष भिम ओली लगायतका नेताहरुको सहभागिता रहेको थियो । बन्द शत्रमा प्रवासी नेपाली मन्च राज्य समितिका अध्यक्ष लक्ष्मण घिमिरेले प्रस्तुत गर्नु भएको साँगठनिक र आर्थिक बिभाग प्रमुख मनोज धितालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन सर्बसहमत पारित गरिएको मन्चले जनाएको छ।

Leave A Reply

Your email address will not be published.