नयाँ बर्षको अवसरमा अमेरिकाको भर्जिनियामा सुदूरपश्चिमेलीको सांगीतिक साँझ

घण्टेश्वर अनलाईन
भर्जिनिया, अमेरिका
नेपाली नयाँ बर्ष नेपालीहरुले उत्सबको रुपमा मनाउने गर्दछन । त्यसमा पनि नेपालको सुदूरपश्चिम क्षेत्रमा नयाँ बर्ष ९बैशाख १ ० लाई बिसु पर्बको रुपमा महत्वका साथ मनाउने गर्दछन । तर बिदेशमा रहेका सुदूरपश्चिमेलीहरुले नयाँ बर्षलाई बैशाख महिनाभरि सबैलाई पायक पर्ने स्थान समय र स्थानमा नयाँ बर्ष मनाउने गर्दछन ।
यस बर्षको नयाँ बर्षको सन्दर्भ पारेर अमेरिकाको भर्जिनियामा रहेका सुदूरपश्चिमेलीहरुले फेयर फ्याक्स स्थित तन्दुरी चमेना गृहमा सांगीतिक साँझ कार्यक्रमको आयोजना गरेर नेपाली नयाँ बर्ष मनाएका छन ।
सुदूरपश्चिम नेपाली समाज भर्जिनियाद्वारा आयोजना गरिएको नव बर्ष सांगीतिक साँझ कार्यक्रममा सहभागि भएका सुदूरपश्चिमेलीहरुले अतिथी कलाकारहरुसँगै सुदूरपश्चिमका भाकामा गीत गाउनुका साथै एक आपसमा पैतल मिलाएर धित मरिन्जेल डेउडा खेलेका थिए ।
सांगीतिक साँझ कार्यक्रममा नेपाल आईडल सिजन २ का बिजेता रवि ओड, सुदूरपश्चिमका चर्चित कलाकार शंकरसिंह बिष्ट र चाँदनी मल्लले बिबिध प्रस्तुती मार्फत सुदूरपश्चिमेलीहरुलाई मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा कलाकार शंकरसिंह बिष्टद्वारा प्रस्तुत गरिएको सुदूरपश्चिमको चर्चित नृत्य हुड्केउली कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो । उक्त अवसरमा सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमनबिक्रम शाह, अन्तराष्टिय सुदूरपश्चिम समाजका उपाध्यक्ष पार्बती सिंह, रिचा शाह, डडेल्धुराको परशुराम नगर पालिकाका मेयर भरत जोशी, नेपाली अमेरिकन सामुदायिक केन्द्र भर्जिनियाका अध्यक्ष बिना खड्का लामा, कार्यकारी सदस्य प्रेम पौडेल, लगायतका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा कार्यक्रमका अतिथी कलाकारहरुलाई सुदूरपश्चिम नेपाली समाज भर्जिनियाका सँयोजक कल्याण सिंह कार्कीले समाजको तर्फबाट सम्मान तथा मायाको चिनो प्रदान गर्नु भएको थियो । नव बर्ष सांगीतिक साँझ कार्यक्रमको सन्चालन सुदूरपश्चिम नेपाली समाज भर्जिनियाका सँयोजक कल्याणसिंह कार्कीले गर्नु भएको थियो भने समाजका बिजय ओझा र प्रेम नुवाकोटीले पनि सन्चालनमा सहयोग गर्नु भएको थियो । अमेरिकामा सबै नेपालीहरु काममा व्यस्त हुने भएकाले नेपाली चाड पर्बहरु तोकिएको दिन भन्दा सबैलाई पायक पर्ने मिति समय र स्थानमा बिदाको दिन पारेर सामुहिक रुपमा आयोजना गर्ने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.