भोली टेक्सासको ग्रेपभाईन लेकमा सुदूरपश्चिमेलीहरुको बनभोज हुने 

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
अमेरिकाको टेक्सासमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुले भोली आईतबार एकै स्थानमा जम्मा भएर बनभोज (पिकनिक) कार्यक्रमको आयोजना गर्ने भएका छन ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासको आयोजनामा भोली मे ५ आईतबारका दिन ड्यालसको सुन्दर पर्यटकीय स्थल ग्रेपभाईन लेकमा जम्मा भएर बनभोज कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष गगन केसीले जानकारी दिनु    भयो ।
समाजका अध्यक्ष केसीका अनुसार नेपाली नयाँ बर्ष २०८१ को समेत अवसर पारेर आयोजना गर्न लागिएको बनभोज (पिकनिक) भोली आईतबार बिहान १० बजेदेखि बेलुकी ५ बजे सन्चालन हुने छ । बनभोजका अवसरमा बिभिन्न डेउडा खेल लगागत बिभिन्न प्रस्तुती रहने छन । उक्त कार्यक्रममा टेक्सासका बिभिन्न स्थानमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुलाई सपरिवार सहभागि हुन समाजले अनुरोध पनि गरेको छ ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासले हरेक बर्ष नयाँ बर्ष, होली, गौरा पर्ब जस्ता सुदूरपश्चिम क्षेत्रमा मनाईने प्रमुख चाड पर्बको अवसरमा सुदूरपश्चिमेलीहरुलाई एकै स्थानमा जमघट गराउँदै आएको छ ।
भैगोलिक रुपमा निकै ठूलो राज्य टेक्सासका बिभिन्न स्थानमा बस्ने गर्दछन् । अन्य समयमा काममा व्यस्त रहनु पर्ने भएकाले भेटघाट गर्न प्राय संभव हुँदैन । बिभिन्न चाडपर्बहरु सामुहिक रुपमा आयोजना गर्दा सुदूर पश्चिमेलीहरु एकै स्थान जमघट भई भेटघाट, भलाकुसारी, सुख दुःख साटासाट गर्ने, चिनजान गर्ने अवसर प्राप्त हुने समाजले जनाएको छ ।
बिभिन्न चाडपर्बहरु तथा बनभोज कार्यक्रमहरु सामुहिक रुपमा आयोजना गर्दा अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुमा नेपाल र नेपाली भाषा सँस्कृतिसँग नजिक हुनको लागि सहयोग पुग्ने अध्यक्ष केसीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.