
घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
नेपाली पशुपति नाथ मन्दिर युलेशको परिसरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रका २५ जना रक्तदाताले रक्तदान गरेका छन । उक्त रक्तदान कार्यक्रम ब्लड डोनर्स अफ अमेरिका (BDA) र लुम्बिनी सेवा समाज अमेरिका (LSS) द्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो ।
लुम्बिनी सेवा समाज अमेरिकाले हरेक ६ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । समाजका अध्यक्ष जगदिश प्रसाद न्यौपानेले सामाजिक सन्जाल मार्फत रक्तदान कार्यक्रममा सहभागि रक्तदाता, स्वयंसेवक सबैलाई धन्यवाद दिनु भएको छ ।