दुईजना डोटेलीलाई पिएचडी उपाधि

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासको युनिभर्सिटी अफ नर्थ टेक्सासले दुईजना डोटेलीलाई पिएडी उपाधिद्वारा सम्मानित गरेको छ । युनिभर्सिटी अफ नर्थ टेक्सासद्वारा आईतबार आयोजना गरिएको दीक्षान्त समारोहमा डोटी शिखर नगरपालिकाका भोजबहादुर बलायर र डोटी आदर्श गाउँ पालिकाका पृथ्बीदेब अवस्थीलाई पिएचडी उपाधिद्वारा सम्मानित गरिएको हो ।
बलायरले शिक्षा मनोबिज्ञान अन्तरगत Exploring The Moderating effect of Mindfulness And Social media engagement on the Relationship between Socio emotional Competencies and Happiness  विषयमा र अवस्थीले ःMaterial Science and Engineering PhD in Additive manufacturing of refractory metals and alloys for high temperature applications via Laser powder bed fusion AM. विषयमा विद्यावारिधि तहको अध्ययन अनुसन्धान सम्पन्न गर्नु भएको थियो ।
शिक्षा मनोबिज्ञानमा बिद्याबारिधि सम्पन्न गरेका भोजबहादुर बलायरले बिगतमा नेपाल सरकारका शिक्षा उपसचिब भई सेवा गरेका थिए । सन २००९ मा अमेरिका आई सकेपछि पनि नेपाली भाषा,सँस्कृतिलाई पुस्तान्तरण गर्ने अभियानमा उल्लेखनिय योगदान दिदै आउनु भएको छ । बलायर हाल नेपाली समाज टेक्सासद्वारा सन्चालित ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल समेत हुन ।
यसै गरि  Material Science and Engineering  अन्तरगत  Material Science and Engineering PhD in Additive manufacturing of refractory metals and alloys for high temperature applications via Laser powder bed fusion AM. विषयमा विद्यावारिधि गरेका पृथ्बीदेब अवस्थी उच्च शिक्षाको लागि अमेरिका आएका हुन ।

Leave A Reply

Your email address will not be published.