सन्दीप लामिछानेले सफाइ पाएपछि क्यानद्वारा निलम्बन फुकुवा

घण्टेश्वर अनलाईन
काठमाण्डौं
बलत्कार मुद्दामा सफाइ पाएपछि सन्दीप लामिछान माथी लगाईएको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार एक बिज्ञप्ती जारी गर्दै ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम सन्दीप लामिछानेको निलम्बन फुकुवा गरिएको जानकारी गराएको छ । निलम्बन फुकुवा भएपछि सन्दीपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला भएको छ ।
यसअघि बुधबार नै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाण्डौंको फैसलालाई उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको थियो । ‘ जिल्ला अदालत काठमाण्डौंले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.