Prem

आफुले उपयोग गर्ने बिजुलीको मालिक आफै बन्न सकिन्छ ः बिष्ट

टेक्सासको युलेश निवासी हरिकृष्णराज बिष्ट सौर्य उर्जा परामर्शदाता हुन । पेशाले सुचना प्रविधि क्षेत्र, आईटी ईन्जिनियर बिष्ट अहिले As a business, Indeed Solar Consultant and Business owner  र विद्युत सेवा प्रदायक Electricity Service provider को रुपमा भईसकेका छन । सामाजिक काममा समेत अग्रपंक्तिमा देखिने बिष्टसंग हामीले अमेरिकामा सौर्य उर्जाको महत्व र यसको बर्तमान अबस्थाबारे कुराकानी गरेका छौं । प्रस्तुत छ, सौर्य उर्जाका जानकार बिष्टसंग गरिएको कुराकानी

घण्टेश्वर अनलाईन ः बिष्ट जि घण्टेश्वर अनलाईनमा तपाईलाई स्वागत छ ?

हरिकृष्णराज बिष्ट : तपाई अनि तपाईको लोकप्रिय घण्टेश्वर अनलाईनलाई धन्यवाद छ ।

घण्टेश्वर अनलाईन ः  के गर्दै हुनुहुन्छ हिजो आज ?

हरिकृष्णराज बिष्ट :  म दुई सन्तानको बुवा हो । मेरो दैनिकी उनिहरुलाई  ब्रेकफास्टको तयारी ,स्कुलको‌ लागि तयारी, स्कुल छोड्ने काम बाट मेरो दिनको सुरुवात हुन्छ। त्यसपछि मेरो कफिको चुस्कि संगै मेरो काम‌। दिउँसो 3 बजे पछि कामबाट एकछिन छुट्टि लिएर बाबुहरु लाई स्कुल लिन जानु पर्छ। साँझ एकछिन पारिवारिक माहोल सँगै मेरा हितैसि लागायत अन्य सेवाग्राहिसँग कुराकानी मेरो रुटिननै बनेको छ ।

घण्टेश्वर अनलाईन ः  पाई करिव २० बर्षदेखि अमेरिकामा हुनुहुन्छ । आईटीको क्षेत्रमा काम पनि गरिरहनुभएको छ ।फेरी पछिल्लो समयमा तपाईले Solar Consultant र Electricity Service provider को रुपमा पनि काम शुरु काम गर्दै आउनुभएको छ, यसमा चाख हुनुको कारण  ?

हरिकृष्णराज बिष्ट :  म Independent Powur Consultant हो  अमेरिकामा शहरीकरणसँगै विजुलीको उपभोग पनि बढिरहेको छ र मुल्य पनि हरेक वर्ष 4%  भन्दा बढिको अनुपातमा बढिरहेको छ। यसबाट छुटकारा पाउने एकमात्र उपाय Solar panels मा जानु हो ।  यसको अर्को पाटो हाम्रो  समुदायबाट यो पेशामा खासै धेरै मानिसहरू आवद्ध हुनुहुन्न त्यसैले सौर्य उर्जा को बारेमा राम्रो जानकारी नहुनु सामान्य कुरा हो । तर अर्को गंभिर कुरा के छ घण्टेश्वर अनलाईन ः  भने यसबारे नजान्दा र नबुझ्दा हाम्रा समुदायका थुप्रै व्यक्तिहरु केहि  सोलार प्यानलको जथाभावि बिज्ञापानको शिकार पनि भैरहेका छन् ।

हरिकृष्णराज बिष्ट :  मेरो उदेश्य भनेको हाम्रो समाजकासबै मानिसहरूले  Solar panels Installation को सहि जानाकारी पाउनु पर्छ  र सहुलियत मुल्यमा सेवा प्राप्त गर्नुपर्छ भन्ने नै हो । त्यसैले पनि म यो पेशामा पुर्णरुपमा ज्ञान हासिल सहित लागिरहेको छु ।

घण्टेश्वर अनलाईन ः  Solar Consultant र Electricity Service provider  पेशा वास्तवमा कस्तो पेशा हो ?

हरिकृष्णराज बिष्ट :  यो सेवा सँगै मेरो पेशा पनि बनेको छ ।‌ कुनैपनि मानिसहरुको दैनिक जीवनमा  बिधुत् ( Electricity ) को ऊपयोग अपरिहार्य जस्तै बनेको छ  । म संग AI ( Artificial Intelligence) Software हरु छन् जसले Business को लागी वजारमा भएका संपूर्ण Electricity provider हरुको अहिलेको अवस्थाको Per Kw market price scan गर्छ र सवै भन्दा उचित मुल्य र Contract Period Suggestion गर्छ। उदाहरणको लागि – जसरी हामि  जहाजको टिकट खरिद गर्नु अगाडि  कुन रुट मा कति समय लाग्छ ? कति मुल्य लाग्छ ?  भनेर सबैकुरा अध्ययन गर्छौ, सोहि टिकट गर्मी महिना र चिसो मौसममा फरक फरक मुल्य पनि हुन्छ  । यो Electricity service  मा पनि  करिव उस्तै नै हो । मसंग Software र knowledge दुवै भएको हुदा सेवाग्राहिले यो सुविधा र यसको पुर्ण जानाकारी सजिलै लिन सक्नुहुन्छ। व्यापारिक भबन, र ठुला घर जस्ता संरचनामा धेरै बिधुत् खपत हुन्छ । त्यसैले पनि हामिले यसको प्रयोग गरेर  Per Kw मा  One cent कम गर्न सकियो भने वर्षमा  धेरै रकम बचाउन सकिन्छ । व्यापारिक भवन र ठुला घरमामा मात्र नभएर तपाई हामि बस्दै आएका घरमा समेत यसको प्रयोग गरेर बार्षिक थुप्रै रकम बचत गर्न सकिन्छ ।

घण्टेश्वर अनलाईन ः  यो पेशामा लाग्ने प्रेरणा कसरी मिल्यो ?

हरिकृष्णराज बिष्ट :  म धेरै मानिसहरूसंग बोलचाल गर्न र Public Relations राख्न मन पराउने स्वभावको व्यक्ति । म नयाँनयाँ कुरामा अध्ययनको रुचि राख्ने पनि गर्छु । म सँग केहि समय पनि थियो र यो काम  Online माध्यमद्वारा  संसारको जुनसुकै कुनामा वसेर पनि गर्न सकिने हुदा यो पेसाबाट पैसा कमाउनु भन्दा पनि  सेवाभाववाट नै प्रेरित भएर यतातिर पनि लागेको छु । काम गर्दैजाँदा व्यवसायिक पनि भईदै गइयो ।

घण्टेश्वर अनलाईन ः   अमेरिकामा Solar panels को महत्व कति छ ? सेवाग्राहिले यो प्रबिधि जडान गर्दा के कुन कुन कुरामा फाईदा लिनसक्छन् ?

हरिकृष्णराज बिष्ट : हामी सबैले अमेरिकामा रात दिन नभनिकन धेरै मेहनेत गरेका हुन्छौ सोहि अनुसार केहि कमाई पनि भएकै हुन्छ। तर हामिले कहिलेकाहि  सानोतिनो कुरामा वास्ता नगर्दा हाम्रो खर्च बढेको हामि चालै पाउदैनौ । त्यसमध्ये बिधुत् पनि एक हो । अहिले अमेरिकी सरकारबाट सोलार प्यानल राख्ने सवैले Total Cost को 30% Tax Credit पाउन सकिन्छ। र कुनै कुनै राज्य हरुमा त State ले पनि केहि सहुलियत दिई रहेको छ। त्यसैले अहिले  Solar panels राख्न‌ ऊपयुक्त समय हो र Solar panels अहिलेको आवश्यता पनि हो ।  त्यसैले दैनिक रुपमा आकासिदै गरेको बिजुलीको मुल्य बाट छुटकारा पाउन पनि  Solar panels को शुरुवात गर्न म सबैलाई आग्रह गर्दछु ।

घण्टेश्वर अनलाईन ः   बेफाईदा पनि त होलान् ?

हरिकृष्णराज बिष्ट :  Solar panels मा  लगानी गर्नु भनेको आफुले उपयोग गर्ने बिजुलीको आफै मालिक बन्नु हो ।‌ त्यसैले यसबाट केहि कसैलाई बेफाईदा भएको आजसम्म मैले सुनेको छैन ।

घण्टेश्वर अनलाईन ः  यो सेवा लिनचाहने सेवाग्राहिले कसरी सेवा लिन सक्छन् ?

हरिकृष्णराज बिष्ट :  यदि सेवाग्रहिले म बाटै सेवा लिन चाहानुहुन्छ मलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ । मेलै उहाँहरुलाई सक्दो सहयोग गर्नेछु ।

मेरो मोवाईल नम्बर 2149269022 मा  (WhatsApp,  Viber) वा [email protected] वा  https://www.facebook.com/hari.bista.14?mibextid=JRoKGi

घण्टेश्वर अनलाईन ः  अहिले तपाईका सेवाग्राहिहरु कुनकुन बर्ग र क्षेत्रका छन् ?

हरिकृष्णराज बिष्ट :  मैले यो सेवा अमेरिकाका प्राय राज्य दिदै आएको छु । यसको बिषयमा चासो राख्ने सबै बर्ग र क्षेत्रका मानिसहरुले Solar panels को महत्व, फाईदा र जडानबारे जानाकारी लिनुहुन्छ ।

घण्टेश्वर अनलाईन ः  तपाईसँगनै यि सेवा लिनुपर्ने कारण ?

हरिकृष्णराज बिष्ट :  म चाहन्छु नेपाली समुदायले सहुलियत मुल्यमा यो सेवाप्राप्त गर्न सकुन् । बिधुत् शुल्कमा केहि रकम वचत होस् । उहाँहरुले सहज तरिकाले मेरो सेवा लिन सकुन् लगायतका कुराको ग्यारेण्टी म दिन चाहान्छु । म सँगै यो सेवा नलिए पनि मैले उहाँहरुलाई कुनै प्रावधानबिना सहयोग र सहि सल्लाह दिएर सहयोग गर्दै आएको छु ।

घण्टेश्वर अनलाईन ः   अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?

हरिकृष्णराज बिष्ट :  जुन पेशामा म छु त्यहि पेशामा सन्तुष्ट हुनसक्नुपर्ने रहेछ । सबैकुरा आर्थिक आम्दानी र व्यक्तिगत फाईदामा मात्र जोडिएको हुदैन । त्यसैले आफ्नो पेशा, व्यवसाय, र जागिरे जिवन त छदैछ त्यसका अलवा समाजमा भिज्नु र  परदेशको ठाऊँमा सामाजिक कार्यमा सक्रिय हुनु पनि ठुलो आत्मसन्तुष्टी हुनेरहेछ । एकता नै बल हो त्यसैले हामि समुदायमा केहि गर्न चाहन्छौ भने व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने गरौं।

Leave A Reply

Your email address will not be published.