
घण्टेश्वर अनलाईन
ड्यालस टेक्सास
गैर आवासीय नेपाली संघ आईसीसीमा बिगत लामो समय देखि रहेको बिबाद सर्बोच्च अदालतले टुङ्गो लगाई सकेको छ । तर यसको प्रभाव बिभिन्न देशका एनसीसीमा देखिएको छ । एनआरएन अभियन्ताहरुका नयाँ बहसको थालनी समेत भएको छ, अबको एनआरएन कस्तो हुने ?
रिपोर्टस क्लब अमेरिकाद्वारा बुधबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा एनआरएनए अमेरिकाका पदाधिकारीहरुले एनआरएनए आईसीसीमा रहेको बिबादको प्रत्यक्ष प्रभाव एनसीसी र च्याप्टर तहसम्म परेको बताए । बिभिन्न अन्यौलताहरु देखिएका छन । सँस्थाको योजना गरिएका कामहरु सम्पादन गर्ने भन्दा पनि सर्बोच्च अदालतको फैसलाबाट एनसीसी र च्याप्टर तहको अस्तित्व के हुन्छ ? जस्ता प्रश्नहरुको जवाफ दिदैमा आफुहरुले समय खर्चिनु परेको एनआरएनए अमेरिका अध्यक्ष डा. अर्जुन बन्जाडेले बताए ।
एनआरएनए अमेरिकाले आफ्ना बिभिन्न उपसमितिहरु, च्याप्टरहरु मार्फत आफ्ना गतिबिधिहरु नियमित रुपमा सम्पादन गर्दै आएको छ । आफ्ना बिभिन्न रचनात्मक कार्यक्रम मार्फत अमेरिकी समुदायमा नेपाली समुदायको पहिचान स्थापित गर्न आफुहरु सफल भएको समेत डा. बन्जाडेले दावी गरे ।
यसैगरि एनआरएनए अमेरिकाका उपाध्यक्ष भानु खरेलले पनि एनसीसी अमेरिकामा नयाँ नेतृत्वको एक बर्षे कार्यकाल सन्तोषजनक रहेका दावी गरे । हामीले आगामी जुलाई महिनाको १३ र १४ गते मेरिल्याण्डको बालटिमोरमा आयोजना हुने १३ औं बार्षिक साधारण सभालाई ज्ञान सम्मेलनको रुपमा आयोजना गर्न लागिएको र बिभिन्न क्षेत्रका बिषय बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको उपाध्यक्ष खरेलले जानकारी दिए । ज्ञान सम्मेलनबाट एनआरएनए अभियन्ताहरुमा रहेको ज्ञानको स्तर अभिबृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
एनआरएनए अमेरिकाका महासचिव रामहरी अधिकारीले जुलाई महिनाको १३ र १४ गते मेरिल्याण्डको बालटिमोरमा आयोजना हुने १३ औं बार्षिक साधारण सभामा अबको एनआरएनए कस्तो हुने भन्ने बिषयमा व्यापक बहस गरिने जानकारी दिए । हामी साधारण सभामा एनसीसीको बर्तमान बिधानमा व्यापक छलफल गरि आबश्यक परिमार्जन गर्छौ । अहिले देखिएका सबै अन्यौलताहरु हटाउने प्रयास गर्छौ । आईसीसीसँगको हाम्रो सम्बन्धलाई स्पष्ट रुपमा व्याख्या गरिने महासचिब अधिकारीले बताए ।
यस्तै सो अन्तरक्रिया कार्यक्रममा कोषाध्यक्ष सरोज सिग्देलले एनआरएनए एनसीसी र यसका कार्यक्रम समुदाय लक्षित रहेको दावी गरे ।
कोषाध्यक्ष सिग्देलले एनआरएनए अमेरिकाले बोस्टन, न्यूर्योक, कोलोराडो क्यालिफोर्निया, टेक्सास लगायतका राज्यमा समुदायले निर्माण गर्न लागेका सामुदायिक भवन तथा सामुदायिक कार्यक्रममा एनसीसी प्रत्यक्ष जोडिन सफल भएको बताए । यस्तै एनआरएनए अमेरिका मिडिया एण्ड पव्लिकेशन टिमका चियर पत्रकार सतिश चापागाईले एनआरएन अमेरिकका गतिबिधिहरुलाई पारदर्शी बनाउनका लागि मिडियासँगको समन्वयलाई प्रभावकारी बनाउन लागेको जानकारी दिए ।
रिपोर्टस क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ(नेजा) का अध्यक्ष सुरज भण्डारी लगायत सन्चारकर्मीहरुले प्रवासमा नेपाली समुदायलाई बलियो बनाउन मिडियाको प्रभावकारी भूमिका हुने भएकाले एनआरएनए मिडियाबाट टाढा हुन नहुने बिचार राखेका थिए । उक्त अवसरमा सन्चारकर्मीहरुले राखेका बिभिन्न जिज्ञासाहरुको जवाफ एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, उपाध्यक्ष भानु खरेल, महासचिब रामहरी अधिकारी र कोषाध्यक्ष सरोज सिग्देलले जवाफ दिनु भएको थियो ।