
घण्टेश्वर अनलाईन
टेक्सस (अमेरिका)
अमेरिका लगायत बिभिन्न देशमा बसोबास गर्दै आएका नुवाकोटबासीहरुले अन्तर्राष्ट्रिय नुवाकोट समाज नामक संस्था स्थापना गरेका छन । प्रवासी नुवाकोटबासीहरुलाई एकताबद्ध बनाउँदै जिल्लामा सहयोग, सामुहिक लगानीको वातावरण निर्माण गरि भविष्यमा ठूलो योजनाका साथ अघि बढ्ने समाजको प्रमुख उद्देश्य रहेको प्रवासी नुवाकोटेहरुले बताएका छन । भर्चुअल मार्फत सम्पन्न भेलाबाट २१ सदस्यीय कार्य समिति र २४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
अन्तर्राष्ट्रिय नुवाकोट समाजको कार्य समितिमा अध्यक्षमा ईन्द्र सिटौला, वरिष्ठ उपाध्यक्षमा रामबाबु पाण्डे तथा उपाध्यक्षहरूमा क्रमस ः राघब लामिछाने, बसन्त पाण्डे, कोमल डोटेल र रामहरी धिताल रहेका छन । यसैगरि महासचिवमा सञ्जीब उप्रेती, सचिवमा आदित्य थापा र विनय खतिवडा र कोषाध्यक्षमा इश्वर अधिकारी चयन भएका छन् ।
त्यस्तै कार्यसमितिका सदस्यहरुमा क्रमस ः राजेन्द्र अधिकारी, बिष्णु खड्का, गोकर्णराज पाण्डे, गंगा अधिकारी खनाल, अस्मिता रिमाल, देबकी पन्त, शिवराम लामिछाने, निरञ्जन रिसाल, रमेश गिरी, शंकर सिलवाल र विरोचन नेपाल रहेका छन । संस्थाको सल्लाहकारहरुमा बिष्णुमान प्रधान, अमृत सापकोटा, बासुदेब भण्डारी, कृष्ण लोहनी, सुजन पण्डित, राजेश अर्याल, कोपिला अधिकारी, रामचन्द्र भट्ट, किशोर पण्डित, महेश खड्का, बिष्णु रानामगर, योगेश आदी, कपिल भण्डारी लगायत रहेको समाजले जनाएको छ ।
त्यस्तै भेलाले बिभिन्न देशका लागि १७ जना सम्पर्क संयोजकहरू समेत तोकिएको छन । अध्यक्ष सिटौलाका अनुसार संस्थाको सम्पर्क संयोजकहरूमा जापानका लागि भानु आचार्य, गोबिन्द भण्डारी र सुरज दाहाल रहेका छन् । त्यस्तै बेल्जियमबाट स्पर्शजङ्ग पाठक, अष्ट्रेलियामा बिष्णु सिटौला, बेलायतमा सुनिता थापा, न्युजिल्याण्डमा अच्युत मैनाली, बद्री पाण्डे र दिवश श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै कतारका लागि सुजन तिम्सिना, मकाउका लागि बासु सिटौला र नर्वेका लागि सरोज थापा, क्यानडाका लागि आनन्द नेपाल, पोर्चुगलका लागि राज अधिकारी, पोल्याण्डका लागि कृष्ण थापा चयन भएका छन् । अन्तर्राष्ट्रिय नुवाकोट समाजलाई अमेरिकामा सामाजिक संस्थाको रुपमा दर्ता गर्ने र बिभिन्न देशमा शाखा बिस्तार गर्ने लक्ष रहेको अध्यक्ष सिटौलाले जानकारी दिनु भयो ।