
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीले ड्यालसको युलेशमा आईतबार बनभोज कार्यक्रमको आयोजना गरेको छ । प्रवासी नेपाली मन्च आबद्ध पदाधिकारी सदस्यहरु तथा ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका अगुवाहरु, स्थानीय पत्रकारहरु बनभोज कार्यक्रममा सहभागि थिए । सहभागिहरुलाई प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
युलेशको बब एडन पार्कमा आयोजना गरिएको समर पिकनिक(बनभोज कार्यक्रम) मा सहभागिहरुले नाचगान गरि रमाईलो गरेका थिए ।
हामी प्रवासमा छौं । प्रवासमा रहेका नेपालीहरु एक परिवारका सदस्यहरु जस्तै हौं । प्रवासमा समय तालिका बिना एकआपसमा भेटघाट, परिचय र रमाईलो गर्न सम्भव छैन । त्यसैले एकआपसमा भेटघाट, परिचय, दुःख सुख साटासाट गर्न वातावरण बनाउन बनभोज कार्यक्रमको आयोजना गरिएको राज्य कमिटी अध्यक्ष राजु नेपालले बताउनु भयो ।
अध्यक्ष नेपालका अनुसार बनभोज कार्यक्रमले नेपाली समुदायका बीचमा प्रवासी नेपाली मन्चलाई परिचित गराउन सहयोग त पुग्ने नै भयो । नेपालीहरु एक आपसमा परिचित भई सामाजिकीकरण गराउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय टेक्सासमा रहेका नेपाली समुदायका सँस्थाहरुले महत्वका साथ बनभोज तथा सामुहिक चाडपर्ब आयोजना गर्दै आएका छन । बनभोज तथा सामुहिक चाडपर्बले नेपालीहरु एक आपसमा सामाजिकीकरण हुने नेपाली सँस्थहरुको भनाई रहेको छ ।