
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपालको दुर्गम क्षेत्रका १४ जना बालबालिकाहरुलाई शिक्षा स्वास्थ्य सहित आश्रय दिईरहेको अन्तरदृष्टि नेपाल नामक बाल गृहको लागि सहयोग जुटाउन सामाजिक अभियन्ता रमेश प्रसाई तथा नन्दा सिंह अहिले अमेरिकाको भ्रमणमा रहेका छन । उनिहरु आईतबार नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशको सभाकक्षमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा सहभागि बने ।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता प्रसाईले आफु अन्तरदृष्टि नेपाल नामक बालगृहको सल्लाहकार भएकाले सन्चालक नन्दा सिंह सहित सहयोग जुटाउन अमेरिका स्थित नेपाली समुदायका बीचमा पुगेको बताए । राजनीति पनि समाज सेवा भएकाले आफु सामाजिक कामका अतिरिक्त राजनैतिक क्षेत्रमा पनि सकृय भएको प्रसंग उल्लेख गरे । तर अमेरिका भ्रमण कुनै राजनैतिक नभएर बिशुद्ध सामाजिक भ्रमण भएकाले आफ्नो भ्रमणलाई लिएर सामाजिक सन्जालमा अतिरन्जित नगर्न आग्रह गरे ।
आफु शारीरिक रुपमा अन्य भन्दा भिन्न छौं । तर हामीले समाजको लागि योगदान दिईरहेका छौं । यो घाम जस्तै छर्लङ्ग छ प्रसाईले कार्यक्रममा भने । अमेरिकामा रहेका नेपाली समुदायको एकता र नेपाली समाजलाई दिएको योगदानको मुक्तकण्ठले प्रशंसा समेत गरे ।
कार्यक्रममा अन्तरदृष्टि नेपाल बालगृहकी सन्चालक नन्दा सिंह प्रसाईले अमेरिकामा रहेका नेपाली समुदायले आफुहरुको अभियानमा देखाएको सहभागिता र सहयोगको लागि धन्यवाद दिईन ।
नेपाली समाज टेक्सासका सचिब पुण्य पौडेलको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले आफुहरु शारीरिक रुपमा अशक्त भएपनि प्रसाई दम्पत्तिले नेपाली समाजलाई दिएको योगदानको उच्च मुल्यांकन गर्दै यही कारणले नेपाली समाज टेक्सास प्रसाई दम्पत्तिको अभियानमा सहभागि, समर्थन र सहयोग गरेको जानकारी दिनु भयो । कार्यक्रममा नेपाली समाज टेक्सासका बरिष्ठ उपाध्यक्ष जनक भण्डारीले धन्यवाद दिनु भएको थियो ।
नेपाली समाज टेक्सासको सहयोगमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा सहभागिहरुले अन्तरदृष्टि नेपाल बालगृहको लागि सहभागिहरुले २ हजार ८ सय डलर सहयोग सँकलन गरि हस्तान्तरण गरेका थिए । यसैगरि सामाजिक अभियन्ताहरु माला महत, मिना भट्राई र भवानी पाण्डे कँडेलको तर्फबाट १ हजार डलर उपलब्ध गराएको माला महतले जानकारी दिनु भयो ।