एनएसटीको बोर्ड अफ ट्रष्टी अध्यक्षमा बैकुन्ठ थापा चयन

All time tax

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
नेपाली समाज टेक्सासको बोर्ड अफ ट्रष्टी अध्यक्षमा बैकुन्ठ बिक्रम थापा चयन भएका छन । निर्बाचन कमिटीका प्रमुख महेश नेपालका अनुसार ट्रष्टी अध्यक्षमा थापाको मात्र उम्मेदवारी परेकाले उहाँ निर्बिरोध निर्बाचित हुनु भएको हो । आज नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा निर्बाचन कमिटी प्रमुख नेपालले थापालाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।
निर्बाचन कमिटीका प्रमुख महेश नेपालको अध्यक्षता तथा सदस्य धिरेन गुरुङको सन्चालनमा भएको उक्त कार्यक्रममा बोल्दै ट्रष्टी अध्यक्ष बैकुन्ठ थापाले नेपाली समाजलाई थप बलियो र एकताबद्ध बनाउन आफुले भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । थापा नेपाली समाज टेक्सासको दुई कार्यकाल अध्यक्ष भई काम गरि सक्नु भएको छ । व्यवसायी समेत रहेका थापा बिगत ३० बर्ष देखि समाज सेवाका सकृय हुनु हुन्छ ।
यसैगरि बोर्ड अफ ट्रष्टीको प्लानिङ एण्ड स्ट्रयाटेजी कोअर्डिनेटरमा बाल जोशी चयन भएका छन । जोशीलाई नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका अध्यक्ष सीता सापकोटाले पद तथा गोपनियताको सपथ गराउनु भएको    थियो ।
कार्यक्रममा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका कार्यबहाक ट्रष्टी अध्यक्ष प्रेम अधिकारी तथा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बधाई तथा शुभकामना दिदै  नेपाली समाजलाई सशक्त बनाउनको लागि ट्रष्टीको भूमिकाको वारेमा बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.