
घण्टेश्वर अनलाईन
अर्भिङ, टेक्सास
प्रवासमा मगर संस्कृतिलाई पुस्तान्तरण गर्न टेक्सासमा बसोबास गर्ने मगर समुदायले आईतबार ड्यालसकोे ग्रेपभाईन लेकमा सामुहिक बनभोज कार्यक्रमको आयोजना गरेका छन । मगर संघ टेक्सास च्याप्टरको आयोजनामा भएको बनभोज (समर पिकनिक) कार्यक्रममा टेक्सास राज्यका बिभिन्न स्थानमा बसोबास गर्ने करिब ३ सय मगर समुदायको सहभागिता रहेको थियो ।
प्रवासमा रहेका मगरहरु एकै स्थानमा भेटघाट गर्न सहज छैन । टेक्सासका बिभिन्न स्थानमा बसोबास गर्ने मगरहरु एकै स्थानमा जम्मा भएर भेटघाट गर्ने, दुःखसुखका कुरा साटासाट गर्न बनभोज कार्यक्रमको आयोजना गरिएको हो । मगर सँस्कृतिको प्रस्तुती मार्फत अमेरिकामा जन्मेका र हुर्केका मगर बालबालिकाहरुलाई मगर सँस्कृति हस्तान्तरण गर्ने अर्को उद्देश्य हो, मगर संघ टेक्सास च्याप्टरका अध्यक्ष भिम थापाले बताए ।
बनभोज कार्यक्रममा टेक्सासका बिभिन्न स्थानमा बसोवास गर्ने मगर समुदाय मौलिक मगर पोशाकमा सजिएर सहभागि भएका थिए । कार्यक्रममा कलाकार मुना थापामगर, भिम चापागाई लगायतका कलाकारहरुले बिभिन्न प्रस्तुती मार्फत मनोरन्जन दिएका थिए । यसैगरि कार्यक्रमका मगर समुदायको कौरा नृत्य, पन्चे बाजा समुहको पनि प्रस्तुती रहेको मगर संघ टेक्सासले जनाएको छ ।
मगर संस्कृतिको संरक्षण सम्बद्र्धन र पुस्तान्तरण गर्न मगर संघ टेक्सास च्याप्टरले सामुहिक बनभोज तथा मगरहरुका प्रमुख सांस्कृतिक चाडपर्बहरु आयोजान गर्दै आएको मगर संघ टेक्सासका अध्यक्ष थापाले बताए ।