ड्यालसमा बिश्व रक्तदाता दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
यस बर्षको विश्व रक्तदाता दिवस अमेरिकाको टेक्सासमा रक्तदान कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
हरेक बर्षको जुन १४ तारेखको दिन मनाईने विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाली समुदायका दुईवटा छुट्टा छुट्टै सँस्थाले ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास च्याप्टरले मिलेर रक्तदान कार्यक्रमको आयोजना गरेका हुन ।
विश्व रक्तदाता दिवसको अवसर पारेर वाको नेपाली समाजले आयोजना गरेको ३ दिने रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए भने लवक नेपाली समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जनाले रक्तदान गरेको ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष अजय बगालेले जानकारी दिनु भयो । लबकका आयोजना गरिएको रक्तदान कार्यक्रममा बद्रि घिमिरे, अमिश पाण्डेय, डा. माधव पाण्डेय, डा. प्रकाश श्रेष्ठ, सन्जीव राजलवट र ईश्वर श्रेष्ठले रक्तदान गरेको लबक नेपाली समाजले जनाएको छ ।
उक्त रक्तदान कार्यक्रमको लागि कार्टर ब्लड केयर नामक ब्लड बैंकले बस तथा दक्ष जनशक्ति उपलब्ध गराएको थियो । रक्तदान गर्नको लागि स्वास्थ्य परीक्षण तथा निश्चित मापदण्ड पुरा गर्नु पर्ने भएकाले योग्य व्यक्तिहरुले मात्र रक्तदान गर्न पाउँछन । अमेरिकी समुदायमा रगतको अभाव हुन नदिनका लागि ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरसंग समन्वय र सहकार्य गरेर नेपाली समुदायका बिभिन्न सँस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन ।
२० वर्षको उत्सबमा ः धन्यवाद रक्तदाताहरु भन्ने नाराका मनाईएको रक्तदाता दिवस अन्तरगत आईतबार नेपाली समुदायका बीचमा बृहत्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त अन्तरकृया कार्यक्रमका सहभागिहरुले मानिसको जीवन जोगाउने पबित्र काम रक्तदान भएकाले नेपाली समुदायले दिदै आएको योगदानलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिएका थिए । ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरको आयोजना भएको अन्तरकृया कार्यक्रममा ड्यालसमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने, रक्तदान कार्यक्रमलाई बिस्तार गर्दै लैजाने निर्णय भएको अध्यक्ष बगालेले बताए ।

 

Leave A Reply

Your email address will not be published.