
घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
यस बर्षको १० औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा टेक्सासको ड्यालसमा योग शिबिर कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
परोपकारी संस्था ब्ल्ऋइल् को सहयोगमा लुम्बिनी सेवा समाज अमेरिकाद्वारा ड्यालसको युलेश स्थित बियर क्रिक पार्कमा आईतबार बिहान योग शिबिर कार्यक्रम आयोजना गरिएको लुम्बिनी सेवा समाज अमेरिकाका महासचिब युधिष्टर नेपालले बताउनु भयो ।
ड्यालस फोर्टवर्थ क्षेत्रका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको योग शिबिर कार्यक्रममा योग प्रशिक्षक बटुक बिष्टले सहभागिहरुलाई योगको वारेमा आधारभूत जानकारी गराउनुका साथै सहभागिहरुलाई योग अभ्यास पनि गराउनु भएको थियो ।
सँस्थाका अध्यक्ष जगदिस प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी कृषि बिकास बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले योगलाई जीवन शैली बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।