एनआरएनए अमेरिकाले सन २०२४– २५ लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
गैरआवासीय नेपाली संघ अमेरिकाले सन २०२४–२५ लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने भएको छ । नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सन २०२४–२५ लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउन लागेको एनआरएनए अमेरिकाले जनाएको छ ।
हामीले नेपाल सरकार, पर्यटन बोर्ड, बिभिन्न स्थानीय तहहरु तथा नेपाली राजदूताबास अमेरिकासंगको सहकार्यमा नियमित रुपमा नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्दै आएका छौं । तर सन २०२४–२५ लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउन लागिएको एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा पर्यटन तथा ट्रेड बिभाग प्रमुख नेत्र पाण्डेले जानकारी दिनु भयो ।
एनआरएनए अमेरिकाका उपाध्यक्ष पाण्डेका अनुसार नेपाल भ्रमण बर्ष २०२४–२५ का अवसरमा नेपाली समुदायको व्यापक सहभागिता र सहयोगमा प्रचारात्मक कार्यक्रम आयोजना गरिने छन । नेपाल भ्रमण बर्षलाई सफल बनाउनका लागि नेपाल सरकार, पर्यटन बोर्ड तथा नेपाली राजदूतावासबाट आबश्यक प्रचार सामग्रीहरु प्राप्त भएको छ ।
अमेरिकामा बिभिन्न राज्यमा आयोजना गरिने नेपाल महोत्सब (नेपाल डे परेड) लगायत नेपाली समुदायले आयोजना गर्ने हरेक कार्यक्रममा नेपाल भ्रमण बर्षका कार्यक्रमहरु समाबेश गरिने छन । भ्रमण बर्षका अवसरमा प्रचारात्मक कार्यक्रम मार्फत अमेरिकी समुदाय तथा अमेरिकामा जन्मेका र हुर्केका नेपाली अमेरिकनहरुलाई पनि नेपाल घुम्नका लागि आकर्षिक गरिने एनआरएनए अमेरिकाले जनाएको छ ।
नेपाल भ्रमण बर्षका सन्दर्भमा गैरआवासीय नेपाली संघ अमेरिकाको पर्यटन तथा ट्रेड बिभागले नेपाल अमेरिका पत्रकार संघ(नेजा) संगको सहकार्यमा शनिबार टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली पत्रकारहरुसंग अन्तरक्रिया गरेर नेपाल भ्रमण बर्षको कार्यक्रमको वारेमा जानकारी गराएको छ ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाको पर्यटन तथा ट्रेड बिभागले हाल सम्म सन्चालन गरेका बिभिन्न कार्यक्रमहरु र आगामी योजनाको वारेमा जानकारी दिईएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष तथा बिभाग प्रमुख नेत्र पाण्डे, संयोजक सबिन्द्र थापा, टेक्सास च्याप्टर अध्यक्ष दिपेन्द्र गुरागाई, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी तथा समाजसेवी प्रभात दिक्षितले नेपाल भ्रमण बर्षलाई सफल बनाउन नेपाली समुदायले खेल्नु पर्ने भूमिकाका वारेमा बोल्नु भएको थियो ।

फोटो ः रिपोटर्स क्लब अमेरिका

Leave A Reply

Your email address will not be published.