ड्यालसको डेन्टनमा स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम

All time tax

घण्टेश्वर अनलाईन
डेन्टन, टेक्सास
ड्यालस डेन्टन नेपलिज लायन्स क्लबले गत शनिबार निःशुल्क स्वास्थ्य शिबिर र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । क्लबका अध्यक्ष राजन रिजालका अनुसार क्लब स्थापना पछि पहिलो पटक स्वास्थ्य शिबिर र रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
उक्त अवसरमा क्लबका लायन प्रज्ञा बराल, उमा अधिकारी, आरती पाण्डे लगायतका स्वास्थ्यकर्मीको टीमले ५० जना बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।
यसै गरि सोही दिन रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । ड्यालस डेन्टन नेपलिज लायन्स क्लब र ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए । क्लब स्थापनाको छोटो अबधिमा स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रमको आयोजना गरेर क्लबले प्रशँसनिय कार्य गरेको ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष अजय बगालेले बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.