गैरआवासीय नेपालीका समस्या सामाधान गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ ः कांग्रेस नेता रावल

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले गैरआवासीय नेपालीका समस्या सामाधान गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनु भएको छ ।
अमेरिका भ्रमणमा रहेका कांग्रेस नेता रावलले आईतबार ड्यालसको युलेशमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै गैरआवासीय नेपालीहरुका सवालका वारेमा आफ्नो पार्टी जानकार रहेकाले नेपाली कांग्रेसको अगुवाईमा गैरआवासीय नेपालीहरुका समस्याहरु सामाधान हुनु पर्ने कुरामा जोड दिनु भयो । नेपाली जनसम्पर्क समिति, ड्यालस फोर्टवर्थ च्याप्टरको आयोजनामा भएको भेटघाट कार्यक्रममा आफु फर्किए पछि गैरआवासीय नेपालीहरुका सवालहरुको वारेमा पार्टी र सरकारको ध्यानाकर्षण गराउने समेत प्रतिबद्धता जनाउनु भयो ।
उक्त अवसरमा बोल्दै नेपाली कांग्रेसको गैरसरकारी संस्था समन्वय विभाग प्रमुख समेत रहेका नेता डा. रावलले नेपालमा राजनैतिक परिबर्तन पश्चात धेरै आशा लाग्दा कामहरु भएको भन्दै बाहिरबाट हेरेजस्तो सबै कुरा तहस नहस नै नभएको जिकिर गर्नु भयो ।
नेपाली जनसम्पर्क समिति तथा नेपाली समुदायको अगुवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागिहरुले नेपालमा राजनैतिक अस्थिरताका कारण गैरआवासीय नेपालीहरुका समस्याहरु सामाधान हुन नसकेको गुनासो गरेका थिए ।
नेपाली जनसम्पर्क समिति, ड्यालस फोर्टवर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रममा सहभागिहरुले गैरआवासीय नेपाली नागरिकता, अध्यागमन, गैरआवासीय नेपाली संघको विवाद, टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापना, नेपाली जनसम्पर्क समितिको सदस्यतामा सहजिकरण लगायतका विषयमा नेता रावलको ध्यानाकर्षण गराएका थिए ।
उक्त कार्यक्रममा कांग्रेस नेता हरिबोल भण्डारी, जनसम्पर्क समिति अमेरिकाका संस्थापक सुन्दर कर्माचार्य, पूर्वअध्यक्ष दिनेश शर्मा, धनञ्जय ढकाल, गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष भानु खरेल नेपाली समुदायका अगुवाहरु थलराज पन्त, गगन केसी, रामचन्द्र भट्ट, बिकास राज न्यौपाने लगायतले समसामयिक विषयमा बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.