ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि काँग्रेस नेता रावलको ध्यानाकर्षण

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालसमा नेपाल सरकारको कन्सुलर स्थापनाको लागि पहल गर्न ड्यालसका नेपाली समुदायले नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलको ध्यानाकर्षण गराएका छन ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासद्वारा बुधवार ड्यालसको युलेशमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागि नेपाली अगुवाहरुले टेक्सासको ड्यालसमा नेपाल सरकारको कन्सुलर कार्यालय नहुँदा नेपालीहरुले निकै सास्ती व्यहोर्नु परेको भन्दै पहलका लागि कांग्रेस केन्द्रीय सदस्य रावलसंग आग्रह गरेका गरे । सहभागिहरुले टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाको लागि यहाँका नेपाली समुदायले सक्दो आबश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीको अध्यक्षता तथा सचिब गुन्जन भण्डारीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै कांग्रेस नेता रावलले आफु टेक्सासका बिभिन्न कार्यक्रममा सहभागि हुँदा कन्सुलर अफिस स्थापनाको सवाल प्रमुख रुपमा उठेकाले पार्टी तथा सरकारलाई लिखित रुपमा ध्यानाकर्षण गराउने र स्थापनाको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपाली कांग्रेस गैरआवासीय नेपालीहरुसंग भएको सीप तथा श्रोतलाई नेपाल र नेपालीको पक्षमा प्रयोग गर्न चाहन्छ । त्यसैले नेपाली कांग्रेस गैरआवासीय नेपाली संघको बिबाद, गैरआवासीय नेपाली नागरिकताको सरलिकरणको लागि पार्टीले पहल गर्ने नेता रावलको भनाई थियो ।
कर्यक्रममा बोल्दै नेपाली समुदायका अगुवा तथा नेपाली जनसम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र कार्कीले टेक्सासमा रहेका नेपालीहरु पासपोर्ट नबिकरण लगायतका कामको लागि नेपाली दूताबास वासिङटन डिसी जानु पर्दा समय र आर्थिक रुपमा खर्चिलो हुने गरेको बताए । नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासको ड्यालस क्षेत्रमा कन्सुलर अफिस आबश्यक भईसकेकाले त्यसका लागि पार्टी र सरकारसंग पहल गर्न कार्कीले नेता रावलसंग आग्रह गर्नु भयो ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष प्रेमबहादुर शाहीले नेपाल सरकारले गैरआवासीय नेपालीहरुलाई निषेध होईन मैत्रीपूर्ण व्यवहार गरेमा गैरआवासीय नेपालीहरुलाई नेपालका बिभिन्न क्षेत्रमा लगानी गर्ने वातावरण बन्ने धारणा व्यक्त गर्नु भयो ।
यसैगरि नेपाली समुदायका अगुवा तथा नेपाली कांग्रेसका महासमिति सदस्य हरिवोल भण्डारी, नेपाली जनसम्पर्क समितिका सन्तोष बिष्ट, राजेन्द्र सेन्चुरी, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य दिपा बोहरा लगायतले गैरआवासीय नेपाली नागरिकताको सरलीकरण, गैरआवासीय नेपाली मैत्री कानून निर्माण लगायत नेपाली समुदायका बिभिन्न सवालहरुको वारेमा जानकारी गराउनु भएको थियो । उक्त अवसरमा समाजका अध्यक्ष गगन केसी तथा सचिब गुन्जन भण्डारीले सुदूरपश्चिम नेपाली समाज टेक्सासका गतिबिधिहरुको वारेमा जानकारी गराईएको थियो ।
उक्त अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावल तथा पत्नी ईश्वरी रावललाई समाजको तर्फबाट खादा लगाएर स्वागत तथा मायाको चिनो प्रदान गरिएको थियो । नेपाली कांग्रेसका गैरसरकारी समन्वय बिभागका संयोजक तथा सुदूरपश्चिम प्रदेश सरकारका पूर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका नेता डा. रावल अमेरिका भ्रमणका क्रममा केही दिन अघि देखि टेक्सासको ड्यालसमा हुनु हुन्छ ।

 

 

 

Leave A Reply

Your email address will not be published.