गायिका रिता कार्कीको भक्ति भजन राधे राधेको म्युजिक भिडियो युट्युव मार्फत सार्बजनिक

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालस निवासी गायिका रिता कार्कीको स्वरमा रहेको “भक्ति भजन राधे राधे” को म्युजिक भिडियो युट्युव मार्फत सार्बजनिक भएको छ । गायिका रिता कार्कीले मुख्य अभिनय गर्नु भएको उक्त भजन भक्ति फाईनान्सियल ग्रुपको आधिकारिक युट्युव च्यानल मार्फत सार्बजनिक भएको हो ।
ड्यालसको हस्र्ट निवासी ईन्स्युरेन्स व्यवसायी तथा समाज सेवी रिता कार्कीको भक्ति भजन राधे राधेको काठमाण्डौं छायाँकन भएको थियो ।  उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान, भिडियो सम्पादन लक्ष्मण चौहान तथा सिनेमेटोग्राफर महेश महरा लगायत रहेका छन ।
बिगत एक दशक अघि देखि व्यवसायका अतिरिक्त समाजसेवामा समेत सकृय रहँदै आएकी कार्कीले बिभिन्न गीतमा स्वर दिई सक्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.