अर्भिङ एभरेष्ट लायन्स क्लबको अध्यक्षमा रबिन पाठक चयन

All time tax

घण्टेश्वर अनलाईन
अर्भिङ, टेक्सस
ड्यालसको अर्भिङ क्षेत्रमा बिगत ६ बर्ष देखि सकृय अर्भिङ एभरेष्ट सेन्टेनियल लायन्स क्लबले आगामी (सन् २०२४–२०२५) को लागि नयाँ नेतृत्वमा रबिन पाठकलाई चयन गरेको छ ।
क्लबको आईतबार भेटघाट रेष्टुरेन्ट, अर्भिङमा सम्पन्न छैठौं बार्षिकोत्सब कार्यक्रममा नयाँ नेतृत्वको घोषणा गरिएको हो । नयाँ नेतृत्व अन्तरगत अध्यक्ष रबिन पाठक, प्रथम उपाध्यक्षमा रेश दाहाल, दोश्रो उपाध्यक्षमा गौरव न्यौपाने, सचिब जिबिका अधिकारी र कोषाध्यक्ष बिप्लप कटुवाल चयन भएका छन ।
यसै गरि क्लबको नयाँ कार्य समिति सदस्यहरुमा देब शर्मा, दिपेन्द्र गुरागाई, गरिमा गुरागाई (सिग्देल), रमेश तिमल्सिना, डा. लक्ष्मण वाग्ले, तनुजा अर्याल, रामकृष्ण यादव, हेमा कुँवर, दिपक भण्डारी र श्रृष्टि उप्रेती शर्मा रहनु भएको क्लबले जनाएको छ ।
छैठौं वार्षिकोत्सब समारोहमा क्लबका निवर्तमान अध्यक्ष राजेन्द्र कुँवरले क्लबका नवनिर्वाचित अध्यक्ष लायन रविन पाठकलाई क्लबको ग्याङ र गिवेल हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लबका नव निर्बाचित अध्यक्ष रबिन पाठकले आफ्नो कार्यकालको लागि योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबलाई उत्कृष्ट नेतृत्व प्रदान गर्ने तथा क्लबका बिभिन्न कार्यक्रममा योगदान पुर्याउने बिभिन्न व्यक्ति तथा क्लबका स्वयंसेवकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा डिस्ट्रिक्ट २ह्१ का गभर्नर राधाकृष्ण काफ्ले र उनका पार्टनर इन सर्भिस लायन लक्ष्मी काफले, किनोट स्पिकर पास्ट काउन्सिलका अध्यक्ष जोन इड्स, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर केदार तिमल्सिना, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर ग्यारी वाइनयार्ड, पास्ट डिस्ट्रिक्ट गभर्नर एस्मेराल्डा रोड्रिग्वेज, वेस्टर्न रिजन चेयर थलराज पन्त र जोन ८ की अध्यक्ष मीना क्षेत्रीको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सब कार्यक्रममा बिभिन्न लायन्स क्लबका प्रतिनिधिहरु, बिभिन्न संस्थाका प्रतिनिधिहरु, क्लबका पदाधिकारी सदस्यहरु, पत्रकारहरुको उपस्थिती रहेको क्लबले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.