नेपाली बिद्यार्थीका लागि टेक्सासको ड्यालसमा फुड बैंक सन्चालन हुने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपाली समुदायको बाक्लो बसोवास रहेको ड्यालसको युलेशमा फुड बैंक सन्चालन हुने भएको छ । नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई सहयोग गर्न नेपाली समाज टेक्सास र नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले पहिलो पटक फुड बैंक सन्चालन गर्ने भएका हुन ।
टेक्सासका बिभिन्न बिश्व बिद्यालयमा अध्ययन गर्ने नेपाली बिद्यार्थीहरुको सँख्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई खाद्य सामग्री उपलब्ध गराई सहयोग गर्ने उद्देश्यले फुड बैंक सन्चालन गर्न लागिएको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनु भयो ।
अध्यक्ष वाग्लेका अनुसार फुड बैंकको लागि हरेक महिना नेपाली समुदायबाट खाद्यन्न संकलन गरिने छ । संकलन गरिएको खाद्यान्न लिनका लागि नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुले नाम दर्ता गर्नु पर्ने छ । दर्ता भएका नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई परिचय पत्रका आधारमा खाद्यान्न बितरणको व्यवस्था मिलाईएको नेपाली समाज टेक्सासले जनाएको छ ।
नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुका लागि खाद्य सामग्रीहरु वितरण गर्न पहिलो फुड ड्राईभ यही जुलाई महिनाको २८ तारेख आईतबारका दिन नेपाली मन्दिर( पशुपतिनाथ तथा बुद्ध मन्दिर) मा सन्चालन हुनेछ । त्यसको लागि जुलाई २७ तारेखसम्म नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुले तोकिएको गुगल फर्म भरेर नाम दर्ता गरि सक्नु पर्ने छ ।
यो मानविय कार्य हो । हुनेले नहुनेलाई सहयोग गर्ने अभियान हो । यसले केही भएपनि नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई राहात पुग्ने अपेक्षा गरिएको नेपाली समाज टेक्सासले जनाएको छ । त्यसैले नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुका लागि सन्चालन गर्न लागिएको फुड ड्राईभमा सहभागि हुन नेपाली समाज टेक्सासले नेपाली समुदायलाई अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.