टेक्सासको डालसमा नेपाल डे परेड कार्यक्रम आयोजना हुने

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास
अमेरिकाको टेक्सासमा पहिलो पटक नेपाल डे परेड कार्यक्रम आयोजना हुने भएको छ । नेपाली कला सँस्कृतिको सँरक्षण तथा दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालसँग जोड्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
नयाँ बर्ष २०७९ को अवसर पारी टेक्सासको डालसमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा नेपालको राष्ट्रिय झण्डासहित परेड तथा नेपाली मौलिक कला सँस्कृति, सँगीत, भेषभुषा झल्किने बिविध साँस्कृतिक झाँकीहरु, पर्यटन प्रबर्द्धनसँग सम्बन्धित सामग्रीहरु प्रस्तुत गरिने छन । कार्यक्रम टेक्सासमा रहेका नेपाली सामुदायिक सँघ सँस्थाको सहभागितामा नेपाली समाज टेक्सासले आयोजना गर्ने समाजका महासचिब सन्देश उप्रेतीले जानकारी दिनु भयो । कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको र सबैको सुझावको आधारमा मिति तय गरिने नेपाली समाजले जनाएको छ ।
अमेरिकाको टेक्सासमा बिभिन्न नेपालीहरुको बाहुल्यता रहेको छ । अमेरिकामा जन्मिएका र हुर्किएकाहरुको नेपाली भाषा सँस्कृति र पहिचानसँग अपरिचित हुने अवस्थामा रहेको छ । नेपाली कला सँस्कृति, भेषभुषाको प्रचार प्रसार, सँरक्षण तथा दोश्रो पुस्तालाई नेपालसँग जोड्न, नेपाली भाषा सँस्कृति हस्तान्तरण गर्न आबश्यक छ । नेपाल डे परेड कार्यक्रमले नेपाली नेपालीका बिचमा एकता, भाईचारा सम्बन्धको बिकास गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको महासचिब उप्रेतीले बताउनु   भयो ।
अमेरिकामा रहेका नेपालीहरुको निकै व्यस्त जीवनशैली रहेको छ । सामाजिक गतिबिधिहरु पनि न्यून मात्रामा हुने गर्दछन । प्रवासी नेपालीहरुको नेपालसँगको दूरी घटाउनको लागि पनि यस्ता कार्यक्रम उपयोगी हुने सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष नवराज नाथ बताउनु हुन्छ । नेपाली भाषा सँस्कृति हस्तान्तरण तथा दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालसँग जोडि राख्नका लागि सामाजिक सँघसँस्थाहरुले उनीहरुको सहभागितामा बिभिन्न सामाजिक गतिबिधिहरुलाई निरन्तरता दिनु पर्नेकुरामा अध्यक्ष नाथको जोड रहेको छ ।
नेपाल डे परेड कार्यक्रममा टेक्सास राज्यका बिभिन्न स्थानमा बसोबास गर्ने सबै उमेर समुहका नेनेपालीहरुको उत्साहपूर्ण सहभागिता गराउने योजना रहेको नेपाली समाज टेक्सासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.