Prem

न्यूयोर्कमा गौरा पर्ब ः “हरेक बर्ष गौरा पर्बले मातृभूमिलाई सम्झाउँछ”

घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
अमेरिकामा काम गर्ने उमेर समूहका प्राय सबै व्यक्तिहरु व्यस्त हुने गर्दछन । कतिपयको यति व्यस्त समय तालिका हुन्छकी परिवारमा सामुहिक रुपमा भेटघाट गर्न निश्चित दिन पर्खिनु पर्दछ । यस्तो व्यस्तताका बीचमा साथीभाईसँग भेटघाट गर्ने, रमाईलो गर्ने विषय सहज हुने कुरै भएन ।
यस्तो व्यस्त जीवनशैलीका बीचमा अमेरिकाको न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुले भने आफ्नो साँस्कृतिक चाड पर्बहरुको लागि समय छुट्याउने गरेका छन । सुदूरपश्चिमेलीहरुले गौरा पर्ब, होली पर्ब लगायत सुदूरपश्चिमका साँस्कृतिक चाडहरु सामुहिक रुपमा धुमधामका साथ मनाउने गर्दछन । व्यस्त सुदूरपश्चिमेलीहरुलाई चाडपर्बको वेला एकै स्थानमा जम्मा गराउने, परिचय, भेटघाट, सुखदुःख साटासाट गर्ने वातावरण सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले मिलाउने गरेको छ ।
यसै सन्दर्भमा यस बर्षको गौरा पर्बको अवसरमा गत आईतबार न्यूयोर्कको सत्यनारायण मन्दिरमा जम्मा भएर सुदूरपश्चिमेलीहरुले गौरा देबीको पूजाआजा गर्नुका साथै गौरा नाच, अठेवाली बाचन, डेउडा खेलेर रमाईलो गरे र गौरा पर्बमा सहभागिहरुले आफ्नो मातृभूमि नेपाल, सुदूरका गाउँबस्तीहरुलाई सम्झिय । गौरा उत्सब कार्यक्रममा सहभागि सुदूरपश्चिमेलीहरुले हरेक बर्ष गौरा पर्बले सुदूरपश्चिमका गाउँबस्तीहरुलाई सम्झाउने गरेको प्रतिकृया दिएका थिए । उक्त अवसरमा सुदूरपश्चिमको प्रसिद्ध बाजा दाईन दमाह, झ्यालीको धुनमा सुदूरपश्चिमेलीहरु धित मरिन्जेल नाचेका थिए । सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका उपाध्यक्ष तथा कला तथा सँस्कृति बिभाग प्रमुख रैभान महराले सुदूरपश्चिमेली समुदायमा गौरा पर्बको महत्वको वारेमा चर्चा गर्नु भएको थियो । सुदूरपश्चिमको प्रसिद्ध बाजा दाईन दमाह झ्याली प्रदर्र्शनी गौरा कार्यक्रमको मुख्य आकर्षण थियोे । सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कको आयोजनामा भएको गौरा पर्ब कार्यक्रममा न्यूयोर्क लगायत आसपासका क्षेत्रमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा। रणबहादुर रावलले गौरा पर्ब सुदूरपश्चिमेलीहरुलाई एकै ठाउँमा जोड्ने पर्ब भएको धारणा व्यक्त गर्नु भयो । नेता रावलले न्यूयोर्कमा आयोजना गरिएको गौरा पर्ब कार्यक्रममा सुदूरपश्चिमेलीहरुको सहभागिता देखेर आफु अमेरिकामा होईन, सुदूरपश्चिममा गौरा पर्ब मनाईरहेको अनुभूति भएको बताउनु भयो । अब गौरा पर्ब सुदूरपश्चिमको मात्र पर्ब रहेन, सुदूरपश्चिमेलीहरु रहेका स्वदेश तथा बिदेश सबै ठाउँमा गौरा पर्ब मनाउने गरिएकाले यस पर्बको महत्व दिन प्रतिदिन बढ्दै गएको काँग्रेस नेता रावलको भनाई थियो ।
सुदूरपश्चिम प्रदेश सरकारका पूर्ब आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका नेता रावलले प्रवासमा सुदूरपश्चिमको भाषा सँस्कृतिको सँरक्षणका साथै पुस्तान्तरण गर्न सकिएमा नयाँ पुस्तालाई मातृभूमिसँग जोड्न सकिने धारणा राख्नु भएको थियो ।
सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका अध्यक्ष दानसिंह बिष्टको अध्यक्षता तथा महासचिब हरिदत्त जोशीको सन्चालनमा सम्पन्न कार्यक्रममा सँस्थाका सचिब गणेश बिष्टले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका पूर्ब आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट लगायत समाजका पूर्ब अध्यक्षहरु, अगुवा सुदूरपश्चिमेलीहरुको सहभागिता रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.