Prem

प्रवासी नेपालीलाई नेपालसँग जोड्न मिडियाले भूमिका खेल्नु पर्दछ ः बरिष्ठ पत्रकार राणा

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
देशान्तर मिडिया ग्रुपका अध्यक्ष तथा बरिष्ठ पत्रकार कबिर राणाले प्रवासी नेपालीलाई नेपालसँग जोड्न मिडियाले भूमिका खेल्नु पर्ने कुरामा जोड दिनु भएको छ । रिपोर्टस क्लब अमेरिकाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पत्रकार राणाले प्रवासी नेपालीहरुमा हामी भन्दापनि बढी राष्ट्रवादी भावना र नेपाल प्रति चिन्ता देखिएकाले उनिहरुलाई निश्चित हैसियत बनाई सकेपछि नेपाल फर्काउन मिडियाले प्रोत्साहित गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।
नेपालीहरु बिभिन्न कारणले प्रवासमा पुगेका छन । भौतिक रुपमा प्रवासमा रहेपनि नेपालीहरुको मन मातृभूमिमा रहेको छ । प्रवासी नेपालीहरुलाई हैसियत सहित नेपाल फर्काउन सकियो भने नेपालको बिकास र समृद्धिमा सहयोग पुग्ने भएकाले त्यसका लागि मिडियाले मिसन नै बनाउनु पर्ने पत्रकार राणाको भनाई थियो ।
रिपोर्टस क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मीको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रममा पत्रकार राणाले कोरोना र भुकम्प पछि थला परेको नेपाली मिडिया अझै माथी उठ्न नसकेकाले अझै पनि नेपालमा व्यवसायिक र मिसन पत्रकारिताको खाँचो रहेकोे बताए ।
प्रवासका रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरुले पनि मिसन तथा सामुदायिक पत्रकारिताको माध्यमबाट नेपालीहरुलाई फुटाउने होईन नेपालसँग जोड्ने, नेपाल प्रति जिम्मेवार बनाउने काममा भूमिका खेल्नु पर्ने आबश्यकता औंल्याउनु भयो ।
उक्त अवसरमा बोल्दै नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीले अमेरिकामा नेपाली पत्रकारिताको बर्तमान अवस्था, अवसर र चुनौतीको वारेमा जानकारी गराउँदै अमेरिकामा रहेका नेपाली पत्रकारहरुले नेपाल र नेपालीका लागि पत्रकारिता गरिरहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.