Prem

टेक्सासको ड्यालसमा नेपालको झल्को दिने “तीज”

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
हिन्दु नेपाली महिलाहरुले शुक्रबार तीज पर्ब मनाउदै छन । तर टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली महिलाहरुले भने ३ साता अघि देखि तीज कार्यक्रम मनाई रहेका छन । काममा व्यस्त हुने महिलाहरु फुर्सद निकालेर तीज कार्यक्रममा सहभागि भईरहेका छन । नेपाली समुदायको बसोवास रहेका हरेक बस्तीमा दैनिक तीज कार्यक्रम आयोजना गरिन थाले पछि महिलाहरुलाई तीज कार्यक्रममा सहभागि हुन भ्याइनभ्याई भएको छ ।
ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका कतिपय संस्थाहरुले शुल्क तोकेर दरखाने तथा तीज कार्यक्रमको आयोजना गरे भने अधिकांश कार्यक्रम भने निःशुल्क रुपमा आयोजना गरिएका थिए ।
नेपाली समाज टेक्सास तथा ईन्द्रणी साँस्कृतिक संघले यस बर्ष पनि अर्लिङटनमा मेघा तीज तथा दरखाने कार्यक्रमको आयोजना गर्यो । सुदूरपश्चिम नेपाली समाज टेक्सास, लुम्बिनी सेवा समाज, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र, बिभिन्न लायन्स क्लबहरु तथा नेपाली समुदायका जातीय तथा क्षेत्रीय स्तरका सँस्थाहरुले बृहत तीज कार्यक्रम आयोजना गरेका थिए ।
तीज हिन्दु नेपाली महिलाहरुको लोकप्रिय धार्मिक तथा साँस्कृतिक पर्ब हो । यो पर्बले महिलाहरुलाई शारीरिक तथा मानसिक रुपमा सकारात्मक रुपमा उर्जा प्रदान गर्ने महिलाहरु वताउँछन ।
प्रवासमा महिलाहरु पनि काममा व्यस्त रहने गर्दछन । तीज कार्यक्रममा प्रवासी महिलाहरु एकै थलोका जम्मा भई भेटघाट् गर्ने, नाचगान, रमाईलो गर्ने गर्दछन ।
हामी तीज कार्यक्रम मात्र मनाउँदैनौं । तीज कार्यक्रमको अवसरमा महिलाहरुलाई महिलाहरुलाई बिभिन्न जानकारीमूलक सन्देश पनि प्रवाह गर्दै आएका छौं, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताए । ईन्द्रेणी साँस्कृतिक संघका अध्यक्ष नेत्र पाण्डेले तीज कार्यक्रमले प्रवासी महिलाहरुलाई माईतीघर मात्र नभएर मातृभूमि नेपाल पनि सम्झाउने धारणा व्यक्त गर्दछन । प्रवासी महिलाहरुलाई मातृभूमि तथा माईतीघरको न्यास्रो मेट्न सहयोग पुगोस भनेर बृहत तीज कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
ड्यालस फोर्टवर्थ क्षेत्रमा आयोजना गरिएको तीज कार्यक्रम हेर्दा नेपालका गाउँ बस्तीको झल्को आएको बझांगबाट हालै अमेरिका आएका गोकर्ण ओझाले बताए । यहाँका कतिपय टोलमा नेपालीहरुले आफ्नो व्यक्तिगत खर्चमा तीज तथा दरखाने कार्यक्रमको आयोजना गरेका थिए ।
फोर्टवर्थ बर्कसायर निवासी कन्चनपुरकी सरस्वती भट्टले बर्ष दिनमा एक दिन आउने पर्ब तीज भएकाले आफुले टोलका महिलाहरुलाई दर खुवाउनुका साथै तीज कार्यक्रमको आयोजना गरेको बताईन ।
प्रवासमा पनि तीज पर्बलाई महत्वका साथ मनाउन थालेसँगै प्रवासमा जन्मेका र हुर्केका बालबालिकाहरुमा पनि तीज कार्यक्रम प्रति आकर्षण बढ्न थालेको छ ।

 

Leave A Reply

Your email address will not be published.