घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
तामाङ सोसाईटी टेक्सासको अध्यक्षमा कुमार तामाङ निर्बाचित भएका छन । सोसाईटीको आईतबार ड्यालसमा सम्पन्न अधिबेशनले कुमार तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
अधिबेशनबाट निर्बाचित अन्य पदाधिकारी सदस्यहरुमा क्रमस वरिष्ठ उपाध्यक्ष माया दोल्मा लामा, दक्षिण–पश्चिम क्षेत्रीय उपाध्यक्ष सागर तामाङ, केन्द्रीय क्षेत्रीय उपाध्यक्ष रत्नबहादुर लामा, महासचिवः प्रणिश तामाङ, सह सचिवः सुरेश तामाङ, सह सचिवः सुरेश तामाङ, सह सचिवः सुरेश तामाङ कोषाध्यक्षः सुनिल लामा र सह कोषाध्यक्षः सुनिता पाख्रिन निर्बाचित भएका छन ।
यसैगरि अधिबेशनले सोनाम लामालाई खेलकुद संयोजक, छिरिङ लामालाई युवा संयोजक र पूर्ण तामाङलाई सांस्कृतिक कार्यक्रम संयोजक चयन गरेको छ । सोसाईटीको निर्देशक समिति सदस्यहरुमा क्रमस ः लाल बहादुर गुरुङ ( वाङ्देन गोम्जा तामाङ ) , रिनजिङ लामा, धन लामा डोङ, चमेली माया थिङ, दुल घलान तामाङ, रुप थिङ रहनु भएको छ । तामाङ सोसाईटी टेक्सासको आईतबार सम्पन्न अधिबेशनमा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल प्रमुख अतिथी रहनु भएको थियो ।