Prem

कन्सुलर अफिस स्थापनाको लागि ओएनएफ टेक्ससले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाको लागि प्रवासी नेपाली मन्च टेक्सासले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराउने भएको छ । प्रधानमन्त्री केपी ओलीको आसन्न अमेरिका भ्रमणका क्रममा २२ सेप्टेम्बर आईतबारका दिन न्यूयोर्कमा आयोजना गरिने नेपाली समुदायसँगको भेटघाट कार्यक्रममा प्रवासी नेपाली मन्च टेक्सस च्याप्टरले प्रधानमन्त्री ओलीलाई भेट्न लागेको हो ।
हामी प्रधानमन्त्री केपी ओलीको आसन्न अमेरिका भ्रमणका क्रममा टेक्ससको ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि बिगतदेखि गरिएको पहलको स्मरण गराउदै कार्यान्वयनको लागि पुन ः ध्यानाकर्षण गराउदैछौं, ओएनएफ टेक्ससका अध्यक्ष राजु नेपालले बताउनु भयो ।
नेपाली समुदायको बाक्लो बसोबास रहेका टेक्सासको ड्यालसमा नेपाल सरकारको दूताबास कार्यालय स्थापना गर्ने सन्दर्भमा एक मत रहेको छ । नेपाली समुदायको भावनाको सम्मान गर्दैे बिगत लामो समय देखि नेपाल सरकारसँग पहल र पैरवी गर्दै आएको प्रवासी नेपाली मन्च टेक्सास च्याप्टरले जनाएको छ ।
प्रवासी नेपाली मन्च टेक्सास च्याप्टरले तत्कालिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर ड्यालसमा दूताबास सेवा कार्यालय स्थापनाको आबश्यकता र औचित्यताको वारेमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको थियो । त्यसपछि गत साउन ४ गते नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई कार्यालयमा नै भेटेर ज्ञापन पत्र बुझाएका थियौं । हामी बिगतका पहलको स्मरण र ड्यालसमा कन्सुलर अफिसको आबश्यकता र औचित्यताको वारेमा प्रवासी नेपाली मन्चको तर्फबाट भेट्ने अनुरोध गर्ने कार्यक्रम रहेको अध्यक्ष नेपालले बताउनु भयो ।
टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापना भएमा टेक्सास लगायत आसपासमा रहेका करिब १५ राज्यमा बसोवास गर्ने नेपाली समुदाय लाभान्वित हुने नेपाली समुदायका अगुवाहरु बताउँछन ।

Leave A Reply

Your email address will not be published.