Prem

टेक्सासकोे बेडफोर्ड सिटी नेपाली अमेरिकन समुदायसँग सहकार्य गर्न ईच्छुक

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालस फोर्टवर्थ अन्तरगत पर्ने बेडफोर्ड सिटीका मेयर म्बल ऋयनबल नेपाली अमेरिकन समुदायसँग मिलेर काम गर्न ईच्छुक रहेको बताएका छन ।
नेपाली अमेरिकन समुदायका अगुवा तथा सामाजिक अभियन्ता प्रभात दीक्षित सहितको नेपाली अमेरिकन समुदायका अगुवाहरुसँग सिटी कार्यालयमा अन्तरकृया गर्दै मेयर म्बल ऋयनबल ले बेडफोर्ड सिटीलाई साँस्कृतिक विविधताको शहर बनाउन नेपाली अमेरिकन समुदायलाई सिटीका कार्यक्रमहरुमा सहभागि गराउन लागिएको जानकारी दिए । नेपाली अमेरिकनहरुले हरेक बर्ष उत्सवको रुपमा आयोजना गर्दै आएको बृहत होली पर्बमा बेडफोर्ड सिटी सहकार्य गर्न ईच्छुक रहेको समेत बताएका थिए ।
उक्त अन्तरकृया कार्यक्रममा नेपाली समुदायले आयोजना गर्ने बृहत कार्यक्रममा पार्किङ व्यवस्थापन लगायतको वारेमा छलफल भएको थियो । यसैगरि गैर आवासीय नेपालीद्वारा प्रस्तुत गरिएको सिस्टर सिटी प्रोग्राम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा मेयर म्बल ऋयनबल ले अध्ययन गरेर जानकारी दिने बताए । पछिल्लो समय नेपाली समुदायको जनसंख्या उल्लेख्य रुपमा बढेकाले नेपालीहरू क्रमस अमेरिकन मूलधारको राजनीतिमा आउनु पर्ने खाँचो औंल्याउँदै त्यसको लागि आबश्यक सल्लाह सुझाव र सहयोगको प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
उक्त अवसरमा मेयर म्बल ऋयनबल ले सिटीमा सन्चालन हुन लागेका बिकास निर्माणका कार्यक्रमहरु कुन कुन क्षेत्रमा सन्चालन हुँदैछन र त्यसबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण गरेका थिए ।
उक्त अन्तरकृया कार्यक्रममा दीक्षित सहित नेपाली समुदायको तर्फबाट गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, कोषाध्यक्ष सरोज सिग्देल, नेपाली समाज टेक्सासका बरिष्ठ उपाध्यक्ष बलराम पौडेल, महासचिब बिजय भुसाल, एनआरएनए टेक्सास च्याप्टरका अनु तामाङ, ब्लड डोनर्स अफ अमेरिकाका उपाध्यक्ष शिब काफ्लेको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.