कृष्णप्रणामी हिन्दु समाजको बार्षिकोत्सबमा रक्तदान कार्यक्रम

All time tax

घण्टेश्वर अनलाईन
ह्रस्ट, टेक्सस
कृष्णप्रणामी हिन्दु समाज टेक्सासको बार्षिकोत्सबको अवसरमा आईतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
ब्लड डोनर्स अफ अमेरिकाको सहयोग तथा कार्टर ब्लड केयरको प्राबिधिक सहयोगमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बिभिन्न ३० जना रक्तदाताहरुले रक्तदान गरेको समाजले जनाएको छ ।
कृष्णप्रणामी हिन्दु मन्दिर ह्रस्टमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा हिन्दु समाजका अध्यक्ष नुरनाथ सुवेदी, महिला समितिका अध्यक्ष शारदा पुडासैनी , ट्रष्टका अध्यक्ष डा.मिलन पौडेल तथा ब्लड डोनर्स अफ अमेरिकाको तर्फबाट विकास भण्डारी, अजयराज बगाले , शिव काफ्ले लगायतका उपस्थिति रहेको थियो । कार्यक्रम समाजका सामाजिक उपाध्यक्ष दिपक ढकालको संयोजकत्वमा संचालन भएको थियो ।

Leave A Reply

Your email address will not be published.