
घण्टेश्वर अनलाईन
ड्यालस टेक्सास
अन्तराष्ट्रिय बजारमा नेपाली खानालाई चिनाउन टेक्सासको ड्यालसमा मो.मो फेस्टिवल २०२४ आयोजना हुने भएको छ । ड्यालसको अर्लिङटन स्थित लेभिट पेभेलियनमा नोभेम्बर २ तारेखका दिन दिउसो २ बजे देखि राती ९ बजे सम्म आयोजना हुने मो. मो. फेस्टिवलमा २० हजार बढी दर्शकले अबलोकन गर्ने अनुमान गरिएको आयोजकले दावी गरेका छन ।
आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार मो.मो फेस्टिवलमा ५० भन्दा बढी नेपाली खानाका स्टलहरु रहने छन । दशैं तिहारको अवसर पारि आयोजना हुन लागेको मो.मो फेस्टिबलमा नेपाली खानाका बिभिन्न परिकारका अतिरिक्त गायक प्रमोद खरेल, १९७४ एडी का फिरोज स्याङ्देन, द बिट्स ब्याण्ड, अन्जु पन्त लगायत कलाकारको बिशेष प्रस्तुति रहने आयोजक मःम टु गो का प्रदीप गिरीले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार फेस्टिबलमा सबै उमेर समूहका ब्यक्तिहरुलाई सहभागि गराउने लक्ष राखिएको छ । कार्यक्रममा मास्टर सेफ सन्तोष शाहले पनि आफ्नो स्टलबाट भिन्न प्रकारको खानाबाट नेपाली खानाको स्वाद स्वाद पस्कने छन । कार्यक्रमलाई थप आकर्षक बनाउन मो.मो. खाने प्रतियोगिता देखि फोटोबुथ, घोडचडी, स्टिल्ट वाकर, बालबालिकाहरुका लागि बाल उद्यान लगायत बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि समाबेश गरिएका छन ।
फेस्टीबलमा ११ बर्ष माथीका व्यक्तिहरुले टिकट लिनु पर्ने र फेस्टिबलको वारेमा फेस्टिबलको आधिकारिक वेवसाईट www.MoMoFestivals.com मा गएर जानकारी लिन सकिने आयोजकले जनाएका छन । नेपाली खानाको प्रचार प्रसार गर्ने उद्देश्यले मःम टु गो ले हरेक बर्ष मो मो फेस्टिबल आयोजना गर्दै आएको छ ।