
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का सल्लाहकार सन्जय घिमिरेलाई पितृ शोक परेको छ । सल्लाहकार सन्जय घिमिरे तथा हिमालय खबरका प्रधानसम्पादक विजय घिमिरेका पिता पुष्पराज घिमिरेको ८१ वर्षको उमेरमा कार्तिक १२ गते बिहान उपचारका क्रममा असामयिक निधन भएको हो । बि.स. २००० साल पुस २ गते जन्मिनु भएका पुष्पराज घिमिरे लामो समय देखि बिरामी हुनु हुन्थ्यो ।
अमेरिकाको टेक्सासबाट समेत सन्चारकर्मलाई निरन्तरता दिदै आएका बरिष्ठ पत्रकार तथा लेखक सन्जय घिमिरे तथा पत्रकार बिजय घिमिरे वुवाको निधन भएको खबर आएपछि नेपाल जाँदै हुनु हुन्छ ।
सल्लाहकार घिमिरेका पिताको असामयिक निधन प्रति नेपाल अमेरिका पत्रकार संघ लगायत बिभिन्न सन्चार गृहले श्रद्धान्जली व्यक्त गर्दै सम्पूर्ण घिमिरे परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
फोटो ः हिमालय खबर अनलाईनबाट साभार गरिएको हो ।