टेक्सासमा आईतबार बिहान ९ः२९ बजे भाई टीकाकोे उत्तम साईत

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सास
अमेरिकाको टेक्सासमा भाई टीकाको उत्तम साईत आईतबार बिहान ९ः२९ बजे रहेको छ । टेक्सासको ड्यालस स्थित पशुपतिनाथ मन्दिरका पूजारी डा. शेखर पण्डितका अनुसार अमेरिकाको टेक्सासको लागि भाई टीकाको साईत नोभेम्बर ३ बिहान ९ः२९ देखि १०ः५० बजे सम्म लाभ उन्नती, बिहान १०ः५० देखि १२ः११ बजे सम्म अमृत सर्बोत्तम र दिउसो १ः३१ देखि २ः५२ सम्म उत्तम साईत रहेको छ ।
भाई टीका लगाउँदा दिदी बहिनीहरु पूर्बतर्फ र दाजुभाईहरु पश्चिम तर्फ फर्केर बस्दा लाभ हुने उहाँको सुझाव रहेको छ ।
उता अन्तराष्ट्रिय पन्चाङ्ग निर्णय समितिले भने यस बर्षको भाई टीका २ नोभेम्बरमा नै लगाउन भनेको छ । समितिले एक बिज्ञप्ती प्रकाशित गरेर नोभेम्बर २ तारेखका दिन न्यूयोर्कमा बिहान ११ः४४ बजे, केन्टुकीमा ११ः५७ बजे, टेक्सासमा ११ः४५ बजे, वासिङटन डिसीमा ११ः४१ बजे र क्यालिफोर्नियामा ११ः२३ मा भाई टीकाको साईत रहेको बताएको छ । पशुपतिनाथ मन्दिर ड्यालसका मूल पूजारी मेघराज निरौलाले नेपाली चाडपर्बहरु तिथी प्रधान हुने भएको र नोभेम्बर २ तारेखमा पर्याप्त घडीपलाहरु रहेकाले अन्तराष्ट्रिय पन्चाङ्ग निर्णय समितिको निर्णय अनुसार टीका लगाउन उत्तम हुने धारणा राख्नु हुन्छ ।
यस बर्षको भाईटीकाको साईतका सन्दर्भमा दुईथरी धारणा आएकाले नेपाली समुदायको मत बिभाजित रहेको छ । तर अधिकाँश नेपाली समुदाय भने नेपालमा मनाईने नोभेम्बर ३ तारेखमा भाई टीका लगाउने पक्षमा देखिन्छन । नेपाल भन्दा अमेरिकाको समय १२ घण्टा पछाडी रहेको र नेपालमा रहेका घरपरिवारले भन्दा अघि टीका ग्रहण गर्न उपयुक्त नहुने उनिहरुको धारणा रहेको छ ।

Leave A Reply

Your email address will not be published.