टेक्ससको ड्यालसमा रक्तदान कार्यक्रम, एक सय दश पिन्ट रगत संकलन

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
बिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्सासमा रहेका नेपाली समुदायले आईतार ड्यालसमा सामुदायिक रक्तदान कार्यक्रमको आयोजना गरेका छन । अमेरिकाको टेक्ससमा सकृय प्रवासी नेपाली मन्च टेक्सस तथा नेपाली समाज, लुम्बिनी सेवा समाज अमेरिका र लायन्स डिस्ट्रिक द्दह्ज्ञ ले छुट्टा छुट्टै आयोजना गरेको रक्तदान कार्यक्रमबाट एक सय १० पिन्ट रगत सँकलन भएको छ ।
ब्लड डोनर्स अफ अमेरिकासँगको समन्वय तथा कार्टर ब्लड केयरको प्राबिधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको बिडिएका बरिष्ठ उपाध्यक्ष शिब काफ्लेले बताउनु भयो ।
प्रवासी नेपाली मन्च टेक्सस तथा हस्ट नेपाली समाजद्वारा ठमेल बियर गार्डेन युलेशमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जना, लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नेपाली पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ जना र लायन्स क्लबहरुले अर्भिङ्गमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरुलाई आयोजकहरुले प्रमाण पत्र उपलब्ध गराएका थिए । भने कार्टर ब्लड केयरले सबै रक्तदाताहरुलाई न्यानो ब्लाङकेट बितरण गरेको थियो ।
युलेशको ठमेल बियर गार्डेनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा प्रवासी नेपाली मन्च टेक्सासका अध्यक्ष राजु नेपालले सबै रक्तदाता तथा सहयोगीहरुलाई धन्यवाद दिनु भएको थियो । मन्चका नेता जीवन जोशी, जनक राना, गोकर्ण दाहाल लगायतका नेताहरुले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।
यसै गरि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) युलेशमा आयोजना गरिएको रक्तदान कार्यक्रममा लुम्बिनी सेवा समाज अमेरिकाका अध्यक्ष जगदिश प्रसाद न्यौपानेले सबै रक्तदाताहरुलाई धन्यवाद दिनु भयो । उक्त अवसरमा न्यौपानेले समाजले हरेक बर्ष २ पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
ड्यालसको अर्भिङ्गमा लायन्स २⁃ह्१ द्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ड्यालस क्षेत्रमा सकृय नेपालीहरुका करिब दुई दर्जन लायन्स क्लबहरु सहभागि भएका थिए । उक्त अवसरमा लायन्स २⁃ह्१ का गर्भनर राधाकृष्ण काफ्लेले रक्तदान जस्तो मानविय सेवामा सहभागि भएर ड्यालसमा सकृय लायन्स क्लबहरुले प्रशंसनिय कार्य गरेको बताउनु भयो । गर्भनर काफ्लेले सबै रक्तदाताहरु, सहभागि लायन्स क्लबहरु, सहयोगी सबैलाई धन्यवाद समेत दिनु भएको थियो ।
बिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्सासका बिभिन्न स्थानमा सकृय नेपाली समुदायका संस्थाहरुले बिभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन ।

Leave A Reply

Your email address will not be published.