
घण्टेश्वर अनलाईन
क्यालिफोर्निया, अमेरिका
सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियामा नयाँ नेतृत्व चयन भएको छ । समाजको यही डिसेम्बर २२ मा आयोजना गरिएको पहिलो साधारण सभाले दल बोगटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिी चयन गरेको हो ।
समाजका नयाँ नेतृत्वमा उपाध्यक्ष नवराज मुडभरी र श्रीमती खेमु रेग्मी, महासचिबमा तपेन्द्रबहादुर भुल, सचिव सन्तोष कु बोहरा र कोषाध्यक्षमा वीरेन्द्र बटाला रहेका छन ।
यसैगरि सदस्यहरुमा क्रमस ः रनबहादुर बडुवाल, विनोद बजगाई, गिर्जाप्रसाद उपाध्याय, श्रीमती पुष्पा जोशी, वीरेन्द्र बिष्ट, पुर्णबहादुर बोहोरा, टिना खनाल चयन हुनु भएको निर्बाचन समितिका सदस्य हेमबहादुर ठकुल्लाले जानकारी दिनु भयो ।
समाजका अध्यक्ष कर्ण चन्दको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभाको प्रमुख अतिथीमा नेपाल सरकारका अवैतानिक महावाणिज्य दूत ऋषिप्रसाद ढकाल रहनु भएको थियो । कार्यक्रममा नेपाली एकता समाज क्यालिफोर्नियाका अध्यक्ष रोशन अधिकारी, गुरुङ समाजका अध्यक्ष जोसेफ घले, पशुपति तथा बुद्ध फाउन्डेसनका अध्यक्ष रामेश्वर भण्डारी, बिमल श्रेष्ठ , नेवा सामजका अध्यक्ष कनया श्रेष्ठ, जनसम्पर्क समितिका अध्यक्ष मदन पाठक र Entertainment 8848 का अध्यक्ष अमृत महतो लगायतको उपस्थिती रहेको थियो ।
उक्त अवसरमा समाजलाई सहयोग गर्ने वेदभक्त जोशी, ऋषि ढकाल, सुरेश खनाल, चक्रबहादुर भण्डारी, भरत भुल, गणेश भट्टराई, प्रेमबहादुर सार्की र गोविन्द चन्दलाई सम्मान गरिएको थियो ।