प्रवासी नेपाली मन्च अमेरिकाको राष्ट्रिय अधिबेशन टेक्सासको ड्यालसमा हुने

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
प्रवासी नेपाली मन्च अमेरिकाको चौंथो राष्ट्रिय अधिबेशन आगामी जुन महिनाको ७ देखि ९ तारेखसम्म टेक्सासको ड्यालसमा आयोजना हुने भएको छ । मन्चको यही जनवरी ४ तारेखमा सम्पन्न भएको तेइसौं बिस्तारित बैठकले चौंथो राष्ट्रिय अधिबेशनको लागि टेक्ससको ड्यालसलाई तोकेको हो ।
मन्चका प्रचार बिभाग प्रमुख भिम ओलीका अनुसार बैठकले मन्चको चौंथो चौंथो राष्ट्रिय अधिबेशन सफल बनाउनका लागि मञ्चका उपाध्यक्ष गोकर्ण दाहालको संयोजकत्वम मूल ब्यबस्थापन कमिटी तथा अन्य बिभिन्न उप कमिटीहरु पनि गठन गरेको छ । उक्त कमिटीको सचिवमा विजय भट्टराई तथा सदस्यहरुमा क्रमस भुवन अधिकारी, मणि भण्डारी, संजय के सी, शंकर लुन्गेली, नेत्र पाण्डे, राजु नेपाल, मधुसुधन ज्ञवाली, लक्ष्मण थापा, मनिष थापा, डा. नवराज दाहाल र लक्ष्मण घिमिरे रहनु भएको छ ।
बैठकले अधिबेशनका लागि बिभिन्न उप कमिटीहरु पनि गठन गरेको छ । त्यसै गरि मन्चका उपाध्यक्ष गोपाल कंडेलको संयोजकत्वमा गोबिन्द खनाल, विजय भट्टराई, डि बि राउत, कृष्ण आचार्य, केदार पहारी, मोहनी डुम्रे, अजय कुशवाह, प्रकाश बस्नेत, उपेन्द्र राउत, सुनिल ताम्राकार र नारायण ढुंगाना रहनु भएको आर्थिक ब्यबस्थापन कमिटी गठन गरिएको छ ।
यस्तै अर्का उपाध्यक्ष मैया ढुंगानाको संयोजकत्वमा अथिति सत्कार कमिटी गठन गरिएको छ । जसमा सदस्यहरु पुष्पा घिमिरे, मिना खतिवडा, दुर्गा आचार्य, बिष्णु न्यौपाने, तुलसी पौडेल र शब्दिता प्याकुरेल रहनु भएको छ । यस्तै उपाध्यक्ष भिम ओलीको संयोजकत्वमा अधिबेशन प्रचार कमिटी गठन गरिएको छ । सदस्यहरु भुवन अधिकारी, विजय बगाले, शंकर लुन्गेली, घनश्याम खनाल, दिपक पाण्डे र राजु नेपाल रहनु भएको मन्चले जनाएको छ ।
त्यसैगरि मञ्चका सचिब छबि पाण्डेको संयोजकत्वमा प्रतिनिधि ब्यबस्थापन कमिटी गठन गरिएको छ । उक्त कमिटीको सदस्यहरुमा क्रमस ः थोमस बास्तोला, गोबिन्द खनाल, कृष्ण आचार्य, डि बि राउत, भुवन अधिकारी, दुर्गा बि क, अच्युत सिग्देल, दिपक सापकोटा, संजय के सी, गणेश पौडेल र रेशम घर्ति रहेका छन । मञ्चका सांस्कृतिक बिभाग प्रमुख घनश्याम खनालको संयोजकत्वमा नेत्र पाण्डे, पुष्पा घिमिरे र प्रिया भण्डारी रहनु भएको साँस्कृतिक कमिटी समेत गठन गरिएको छ ।
मंचका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षता तथा सचिब छबि पाण्डेको सन्चालनमा सम्पन्न बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा अमेरिका इन्चार्ज घनश्याम पाण्डे, बिशेष अतिथि प्रबासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा तथा अन्तराष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिका महादेश इन्चार्ज प्रभु थापा, सदस्य जानकी कार्की, अमेरिका महादेश कमिटीका संयोजक इश्वरी भट्ट, उप–संयोजक बुद्ध लामा, अन्तराष्ट्यि कमिटी अन्तर्गत प्रचार विभागका सचिब कमल ओझा, मंचका अमेरिका सल्लाहकार संयोजक डा. रूद्र अर्याल, बुद्धिजीबी बिभाग संयोजक कुलमणि आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.