ग्लोबल नेपाली पाठशालाले जनवरी २५ देखि स्प्रिङ्ग कक्षा सन्चालन गर्दै

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
नेपाली समाज टेक्सासद्वारा सन्चालित ग्लोबल नेपाली पाठशालाले यस बर्ष पनि स्प्रिङ्ग कक्षा सन्चालन गर्ने भएको छ ।
ग्लोबल नेपाली पाठशालाद्वारा प्रकाशित सूचना अनुसार जनवरी २५ बाट सन्चालन हुने स्प्रिङ्ग कक्षामा बिभिन्न बिषयबस्तुहरु समेटेर पाठ्यक्रम निर्माण गरिएको छ ।
स्प्रिङ्ग कक्षाहरु हरेक हप्ताको शनिबार र आईतबार सन्चालन हुने छन । स्प्रिङ्ग कक्षाहरुमा अनलाईन र फिजिकल दुबै माध्यमबाट सन्चालन हुने पाठशालाले जनाएको छ । नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासमा नेपाली बिद्यार्थीहरुको चाप अत्यधिक रहेकाले पहिले आउनेलाई प्राथमिकता दिईने ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले जानकारी दिनु भयो । स्प्रिङ्ग कक्षामा भर्नाको लागि फ्लायरमा रहेको क्युआर कोड स्क्यान गर्न पाठशालाले आग्रह समेत गरेको छ ।
प्रवासमा जन्मेका र हुर्केका दोश्रो पुस्तालाई नेपाली भाषा, सँस्कृति सिकाएर मातृभूमिसँग जोड्न ग्लोबल नेपाली पाठशालाका कक्षाहरु प्रभावकारी बन्दै गईरहेका छन ।

 

Leave A Reply

Your email address will not be published.