
घण्टेश्वर अनलाईन
ओहायो, अमेरिका
प्रवासी नेपाली मंच अमेरिका ओहायो राज्य कमिटीको दोश्रो अधिवेशन बिजय थापाको नयाँ नेतृत्व चयन गर्दै आईतबार सम्पन्न भएको छ ।
उक्त अधिबेशनबाट उपाध्यक्षमा सन्तोषी खड़का, सचिव प्रबीण बुढ़ा, उप सचिबमा अमृता ढकाल र कल्पना पैयु चयन हुनु भएको छ ।
यसै गरि सदस्यहरुमा मनिष ढकाल, राजन के सी, प्रसन्न थापा, मनोजकुमार बुढ़ा, सचिन ज्ञवाली, सपन चापागाई, विनोद बिक र आकाश खनाल निर्बाचित हुनु भएको मन्चले जनाएको छ । उक्त अधिबेशनको प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका अमेरिका ईन्चार्ज प्रभु थापाले गर्नु भएको थियो ।
प्रवासी नेपाली मंच अमेरिकाको चौथो राष्ट्रिय अधिबेशनको पूर्बसन्ध्यामा बिभिन्न राज्य कमिटीहरुको अधिबेशन सम्पन्न भईरहेका छन ।