
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवासमा आफ्नो सँगठन बिस्तार अभियान शुरु गरेको छ । आफ्नो सँगठन मार्फत प्रवासीहरुले आर्जन गरेको ज्ञान, सीप र श्रोतलाई मातृभूमिसँग जोड्ने उद्देश्यका साथ प्रवासमा संगठन बिस्तार गर्न लागिएको सो पार्टीले जनाएको छ ।
प्रवासमा सँगठन निर्माणका सन्दर्भमा सो पार्टीका केन्द्रिय सदस्य तथा साँसद गणेश पराजुली अहिले अमेरिकाको बिभिन्न राज्यको भ्रमणमा रहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पराजुलीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाबाट युवा समाजसेवी तथा सामाजिक अभियन्ता रबिन पाठकको सँयोजकत्वमा प्रवास नेपाली सम्पर्क समिति टेक्सस च्याप्टर गठन गरिएको छ ।
प्रवास नेपाली सम्पर्क समितिको टेक्सस च्याप्टरका अन्य पदाधिकारीहरुमा उप सँयोजक राज अधिकारी, सचिबमा अर्जुन फुयाँल र कोषाध्यक्षमा रमेश थापा चयन भएका छन ।
यसै गरि च्याप्टरका सदस्यहरुमा क्रमस ः टंकमणी घिमिरे, केशव थपलिया, बिप्लप पराजुली, सुदिप कँडेल, शम्भु गैह्रे, सुचना पन्त, ईश्वर ढकाल, सन्जिव गुप्ता र प्रेम पौडेल रहनु भएको सो पार्टीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रति नेपालमा जस्तै अमेरिकामा पनि युवाहरुको आकर्षण देखिएको सो पार्टीले दावी गरेको छ । प्रवास नेपाली सम्पर्क समितिको टेक्सास च्याप्टर अध्यक्षमा निर्बाचित पाठक लोकप्रिय युवा हुन । ड्यालसको पार्कल्याण्ड हस्पिटलमा Workforce/HR Director, युनिभरसिटी अफ नर्थ टेक्ससका पिएचडी स्कलर तथा Texas Women’s University का प्रोफेसर हुनु हुन्छ ।