अमेरिकाको टेक्सासमा जय नेपाल फाउन्डेशनको शाखा बिस्तार

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिकाको टेक्सस (ड्यालस) मा जय नेपाल फाउण्डेशनको शाखा गठन गरिएको छ । टेक्ससमा रहेका राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति आस्थावान अगुवा प्रवासी नेपालीहरुको भेलाबाट फाउण्डेशनको ड्यालस टेक्सस च्याप्टर गठन गरिएको हो ।
जय नेपाल फाउण्डेसनको ड्यालस टेक्सस शाखाको अध्यक्षमा रमेश अधिकारी, सचिब टंक अधिकारी, कोषाध्यक्ष अनिल पौडेल रहनु भएको छ ।
यसैगरि सदस्यहरुमा क्रमस ः प्रताप गुरधामी, प्रेम पाठक, प्रकाश चापागाई, जीवन डाँगी, बिनय खतिवडा, पुष्पलता भण्डारी, सुवास अधिकारी, नारायण पौडेल, प्रबिन बस्नेत र हिमाल तुम्हाहांगे निर्बाचित भएका छन ।
भेलाबाट जय नेपाल फाउण्डेसनको ड्यालस टेक्सस शाखाको सल्लाहकारहरुमा अमृत सापकोटा, भगवान मैनाली, बादल भुजेल, हेम मोहन भट्टराई र कुलबहादुर डीसीलाई चयन गरिएको फाउण्डेशनले जनाएको छ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मुल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशिल र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्नसक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम संचालन गर्ने फाउण्डेसनका उद्देश्यले रहेको बताईएको छ ।
फाउण्डेशनले बिश्वव्यापी सन्जाल निर्माण गर्ने लक्षका साथ अमेरिकाका बिभिन्न राज्यमा शाखा बिस्तार गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.