घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
प्रवासी नेपाली मन्च अमेरिकाको चौथो राष्ट्रिय अधिबेशन हुने मितिमा हेरफेर भएको छ । यसअघि चौथो राष्ट्रिय अधिबेशन आगामी जून महिनाको ७ देखि ९ तारेखसम्म टेक्ससको ड्यालसमा तोकिएकोमा व्यवस्थापकिय कारणले अधिबेशन हुने मितिमा फेरफेर गरिएको हो ।
मन्चको हालै सम्पन्न बैठकले आगामी मे महिनाको ३१ र जून महिनाको १ तारेखमा चौथो राष्ट्रिय अधिबेशन सम्पन्न गर्ने गरि अधिबेशनको नयाँ मिति तोकिएको मन्चले जनाएको छ । अधिबेशनको लागि नयाँ मिति तोकिएसंगै अधिबेशनको तयारी तिब्र बनाईएको मूल व्यवस्थापन कमिटीका सचिब बिजयराज भट्टराईले बताउनु भयो ।
सचिब भट्टराईका अनुसार अधिबेशन आयोजना हुने स्थान, सहभागिको लागि आवास, खाना नास्ताको व्यवस्थापनको लागि तयारी थालिएको छ । अधिबेशनको आबश्यक कामलाई व्यवस्थित गर्नको लागि मूल व्यवस्थापन कमिटीका अतिरिक्त स्थानीय कमिटी पनि निर्माण गरिएको छ ।
अधिबेशन तयारीका क्रममा आबश्यक सल्लाह सुझावका लागि जनक राना, जीवन जोशी, कमल ओझा, यमुना भट्टराई, कृष्ण भण्डारी, नारायण अधिकारी, तारा भुसाल, रेशम घर्ती, श्याम श्रेष्ठ, राजेन्द्र सिवाकोटी, अर्जुन त्रिपाठी, आइत गुरुङ, नारायण खड्का, डा. नन्द रेग्मी, बेदनिधी दाहाल, डा. निर्मल पौडेल, उमापति भुसाल, गोपाल प्याकुरेल, प्रदीप तिमिल्सिना, नुरराज बस्याल, श्रीकृष्ण गौतम, पवन अर्याल, हेम पाठक, र दिनेश श्रेष्ठ रहेको सल्लाहकार कमिटी गठन गरिएको छ ।
यसैगरि मधुसुदन ज्ञवालीको संयोजकत्वमा ७ सदस्यीय मन्च ब्यवस्थापन कमिटी, सब्दिता प्याकुरेलको संयोजकत्वमा ७ सदस्यीय अतिथी सत्कार कमिटी, नेत्र पाण्डेको संयोजकत्वमा ७ सदस्यीय साँस्कृतिक कमिटी, भुवन अधिकारीको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रसार कमिटी, लक्ष्मण थापाको संयोजकत्वमा ७ सदस्यीय यातायात कमिटी, लक्ष्मण घिमिरेको संयोजकत्वमा ७ सदस्यीय खाद्य व्यवस्थापन कमिटी गठन गरिएको प्रवासी नेपाली मन्च अमेरिकाले जनाएको छ ।