घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस
टेक्सासको युलेश स्थित नेपाली पशुपतिनाथ मन्दिरमा आईतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा ७१ जना नेपालीहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
लुम्बिनी सेवा समाज अमेरिका र कमल शर्मा फाउन्डेशनद्वारा आयोजना गरिएको स्वास्थ्य शिबिरमा नेपालीहरुको सुगर, प्रेसर, कोलेस्ट्रोल जाँच, बिरामी चेक जाँच तथा परामर्श सेवा उपलब्ध गराईएको लुम्बिनी सेवा समाज अमेरिकाका महासचिब युधिष्टर नेपालले बताउनु भयो ।
समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा लाईन्स हेल्थ फाउन्डेशनबाट डा. बिष्णुमाया उपाध्यायको स्वास्थ्यकर्मीको समुहले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
यसैगरि मगर दिवसको अवसरमा आईतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरिएको छ । कार्टर ब्लड केयरको सहयोग तथा ब्लड डोनर्स अफ अमेरिकासंगको समन्वयमा नेपाल मगर संघ टेक्सस च्याप्टरद्वारा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ७० जनाले रक्तदानको लागि नाम दर्ता गरेका थिए । रक्तदानको लागि योग्य ५६ जनाले मात्र रक्तदान गरेको ब्लड डोनर्स अफ अमेरिकाका उपाध्यक्ष शिब काफ्लेले जानकारी दिनु भयो ।