टेक्ससको युलेशमा आयोजना गरिएको महाशिबरात्री उत्सबमा भजन प्रतियोगिता

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस
टेक्सासको ड्यालस स्थित पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिरमा जारी महाशिबरात्री उत्सब कार्यक्रममा बालबालिकाका बिचमा नेपाली भजन गायन प्रतियोगिता आयोजना गरिएको छ । अमेरिकामा जन्मेका र हुर्केका दोश्रो पुस्तालाई नेपाली भाषा तथा संस्कृति पुस्तान्तरण गर्ने उद्देश्यले नेपाली भजन गायन प्रतियोगिता आयोजना गरिएको हो ।
नेपाली समाज टेक्सस, ग्लोबल नेपाली पाठशालामा अध्ययनरत २० जना बालबालिका सहभागि भएको उक्त प्रतियोगितामा आर्या खनाल प्रथम, आध्या अधिकारी दोश्रो र रायन क्षेत्री तेश्रो भएको बिद्यालयका प्रिन्सिपल डा. भोजबहादुर बलायरले जानकारी दिनु भयो ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशको सभाकक्षमा आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागि बिद्यार्थीहरुले बिभिन्न भजन प्रस्तुत गरेका थिए । नेपाली भजन गायन प्रतियोगितामा उत्कृष्ट बिजयी बालबालिकाहरुलाई नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले पुरस्कार बितरण गर्नु भएको थियो ।
युलेश स्थित पशुपतिनाथ तथा बौद्ध मन्दिरमा गत आईतबार देखि जारी महाशिबरात्री उत्सब बुधबार समापन हुने नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.