सरकारले
कूल ४ सय ९८ जनामा सुदूरपश्चिम प्रदेशबाट १६ जना द्वन्द्वपीडित शिक्षकहरुले पुनर्वहाली, पेन्सन र राहत सुविधा पाउने छन दिनेले मात्रै सेवा सुबिधा पाउने
घण्टेश्वर अनलाईन, काठमाडौं
सरकारले माओवादी सशस्त्र द्वन्द्वलगायत अन्य अवस्थामा राज्य तथा विद्रोही पक्षका कारण जागिरबाट हटाइएका वा जागिरमा बहाल हुन नसकेका शिक्षक तथा कर्मचारीहरुलाई सुबिधा दिने भएको छ ।
यसै सन्दर्भमा ४ सय ९८ जना शिक्षकलाई पुनर्वहाली तथा निवृत्तिभरण लगायतका सुविधा दिने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले राजनीतिक पुर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीका विषय गठित जाँचबुझ समिति २०७३ को सिफारिसका आधारमा पुनर्वहाली, निवृत्तिभरणसहितका सुविधा वा सिफारिस अनुसारको अस्थायी नियुक्ति वा सुविधा दिनेगरी लगेको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ ।
मन्त्री परिषदले स्वीकृत गरेको प्रस्ताबमा कूल ४ सय ९८ जना मध्य २ सय ३३ जनालाई पुनर्वहाली, ,१८ जनालाई सिफारिस अनुसारको नियुक्ति दिन, ४१ जनालाई निवृत्तिभरण र अन्य सुविधा दिने उल्लेख गरिएको छ । जसमा १ सय ९८ जना अस्थायीतर्फका शिक्षक छन् ।
यसबीचमा निधन भइसकेका शिक्षकको हकमा आश्रित परिवारका सदस्यलाई कानून बमोजिम निवृत्तिभरण, उपदान वा वराहत उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ । त्यस्तै उमेर हदका कारण अब नियुक्ति दिन नमिल्नेलाई उपदान र पेन्सन दिने र त्यो पनि नमिल्ने हकमा निश्चित मापदण्ड तोकेर राहत दिने सिफारिस भएको छ ।
कुल ४ सय ९८ जना मध्य सुदूरपश्चिम प्रदेशबाट न्यून सख्यामा मात्रै सेवा सुबिध पाउने भएका छन । मन्त्रालयले प्रकाशित गरेको सूचि अनुसार कैलाली जिल्लाबाट कृष्णप्रसाद शर्मा टिकापूर आ माबि कैलाली, अछाम जिल्लाबाट कृष्णप्रसाद ओझा ऐश्वर्य निमाबि दर्ना अछाम, दिपक रावल मष्टामाण्डौं प्राबि अछाम, नरबहादुर थापा नन्देश्वरी उमाबि भाडिगडा अछाम, डडेल्धुरा जिल्लाबाट चोलमाया लामिछाने स्व. छबिलाल लामिछाने कि श्रीमति बैदनाथ प्राबि डडेल्धुरा, कृष्णबहादुर धामी स्यालचौंडी प्र माबि चौड बण्डाले डडेल्धुरा, रामसिंह धामी अस्थायी शिक्षक डडेल्धुरा, हरिलाल थापा श्यामचौडी माबि आलिताल डडेल्धुरा, बैतडी जिल्लाबाट लक्ष्मीकुमारी चन्द सनातन धर्म उमाबि बैतडी, रगीसिंह पूजारा दुर्गा माबि बैतडी, पुष्पा चन्द सनातन धर्म उमाबि बैतडी, बझाँग जिल्लाबाट कमल भारती रत्न निमाबि बझाँग, हिराबहादुर थापा शैलेश्वरी माबि पौवागढी बझाँग, धनप्रकाश गिरि जिल्ला शिक्षा कार्यालय अन्तरगत बझाँग तथा बाजुरा जिल्लाबाट ज्ञानेन्द्रबहादुर सिंह महादेब प्राबि बाजुरा, धनराज पाध्याय मष्टेश्वरी माबि डोगडी बाजुरा लगायतका रहेका छन ।